बडादशैँको अवसरमा हाम्रो खबरपाटी डटकमद्वारा ॐ कारेश्वर गुरुकुललाई सहयोग

२ कार्तिक २०७७, आईतवार मा प्रकाशित

मेचीनगर।

नेपालीहरुको महान् चाड बिजय दशमी (बडादशैं)को अवसर पारेर हाम्रो खबरपाटी डटकमले गुरुकुल संस्कृत विद्या मन्दिरलाई सहयोग गरेको छ ।

कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित हाम्रो खबरपाटी डटकमले शनिबार घटस्थापनाको दिन झापाको मेचीनगर नगरपालिका वडा नम्बर १५ मा रहेको ॐ कारेश्वर संस्कृत गुरुकुललाई खाद्य सामाग्री र कपडा सहयोग गरेको हो । हाम्रो खबरपाटी डटकमले १२ थान बेड कभर (तन्दा) १२ पिस सिरानेलगायत खाद्य सामाग्रीको रुपमा भुजा र बिष्कुट सहयोग गरेको थियो ।

कोरोना कहर बिच हाम्रो खबरपाटीको टिम गुरुकुलमा के आधारभुत आवश्यकता छ भनेर बुझ्न जादा बिछ्याउनाका लागि तन्दा र सिरानेको खोल आवश्यक रहेको भने पछि उक्त सामाग्री सहयोग गरेको हाम्रो खबरपाटी डटकमका प्रबन्ध निर्देशक बिष्णु भट्टराईले बताए ।

गुरुकुलमा २८ जना बटुक (विद्यार्थी) अध्यायनरत रहेका गुरुकुलका प्रअ आचार्य निरोज खनालले जानकारी दिए । उनका अनुसार लकडाउनका बिच १२ जना आफ्नो घर गएका छन् । दशैको लागि थप ४ जना बटुक घर गएका प्रअ आचार्य खनालले जानकारी दिए । उनका अनुसार अहिले गुरुकुलमा १२ जना बटुक रहेका छन् ।

वि।स २०७० साल माघ १ गते स्थापना भएको ॐ कारेश्वर संस्कृत गुरुकुलबाट बाहिर गएर अहिले सम्म ३० जना भन्दाबढी बटुकले विभिन्न संस्कृत महाविद्यालयबाट शास्त्रिय तहमा अध्यायनरत रहेका पनि प्रअ आचार्य खनालले जानकारी दिए ।

सहयोग सामाग्री वितरण कार्यक्रममा प्रबन्ध निर्देशक भट्टराई, सम्पादन युवराज आचार्य, फोटो पत्रकार मुकुन्द भट्टराई, गणेश कार्की गुरुकुलका संस्थापक अध्यक्ष एवम् सल्लाहकार कृष्ण बराललगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here