नाटाको १ नम्बर प्रदेशकोे कार्यालय र वेभसाईड उद्घाटन

२ कार्तिक २०७७, आईतवार मा प्रकाशित

काँकरभिट्टा,

१ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले हरेक व्यवसायीले आ—आफ्नो व्यवसायलाई मर्यादित र अनुशासीतरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नोवल कोरोना भाइरस कोभिड १९ को महामारीका कारण अहिले विश्वका सवै व्यवसाय ठप्प प्रायः भएकाले विश्वकै अर्थतन्त्रमा समेत नकरात्मक असर परिरहेको उहाँको भनाई थियो ।

आइतबार झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा १ नम्बर प्रदेशको प्रादेशिक कार्यालय र संस्थाको वेभसाईड उद्घाटनका क्रममा सभासद मैनालीले उक्त कुरा बताउनुभएको हो । अहिलेको विषम परिस्थितीमा हरेक व्यवसायीहरुले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अघि सारेका स्वास्थ्य मापदण्डलाई कार्यान्वयन गदैं व्यवसाय सञ्चालनमा उहाँको जोड थियो ।

नेपालको पर्यटनक्षेत्रको प्रवद्र्घन र विकासमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा १ नम्बर प्रदेशले खेलेको भूमिका निक्कै प्रशंसनीय रहेको भन्दैं सभासद मैनालीले हरेक व्यवसायीले आफ्ना व्यवसायलाई पर्यटकमैत्री बनाउनुपर्ने बताउनुभयो ।

सभासद मैनालीले अब हरेक ट्राभल व्यवसायीहरुलाई एउटा जहाजको टिकट विक्री गरेर मात्र व्यवसाय धान्ने काम मात्र नगर्न सुझाँव दिदैं हरेक पर्यटन व्यवसायीहरु व्यवसायीकारुपमा मात्र नभएर पर्यटकिय क्षेत्रको प्रवद्र्धन र विकास गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । ट्राभल सञ्चालनका नाममा जहाजको टिकट बेचेर व्यवसायी नहुने भन्दैं उहाँले संस्था कानुनीरुपमा मजवुत हुनुपर्ने व्यवासयी अनुशासीत र पर्यटनमैत्री बन्नुपर्ने आफ्ना ठाउँमा सेवा लिन आउन सेवाग्राहीसँगको बोलचाल मीठो र उप्रति जिम्मेवार बन्ने हुने खालको हुनपर्ने उहाँको भनाई थियो ।

हरेक पर्यटन व्यवसायीहरुले स्थानीय ठाउँका पर्यटकियक्षेत्रको विकास गदैं पर्यटकलाई आर्कषित गर्नुपर्ने र त्यसमा प्रदेश सरकारकातर्फबाट गर्नुपर्ने साथ सहयोग जहिले पनि प्राप्त हुने विश्वास दिलाउनुभयो । संघीय र स्थानीय सरकारकातर्फबाट समेत गर्ने सहयोग र समन्वय सवै हुने उहाँको तर्क थियो । पर्यटनकाक्षेत्रमा लगानी नगर्ने कुनै हालतमा पर्यटन व्यवसायी बन्न नसक्ने भन्दैं उहाँले आफुले कमाएको केही रकम पर्यटनकाक्षेत्रमा खर्च गर्न लाग्नुपर्ने बताउनुभयो । नाम मात्रैका पर्यटन व्यवसायीहरुले पर्यटकीयक्षेत्रको सुधार नहुने उहाँको तर्क थियो ।

उहाँले हरेक पर्यटन व्यवासायीबीच समधुर सम्बन्ध रहनुपर्ने बताउदैं प्रदेश नम्बर १ पर्यटनका हिसावले निक्कै सम्भावना बोकेको प्रदेश भएकाले यसलाई अवसरका रुपमा लिएर १ नम्बर प्रदेशका हरेक पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा लाग्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । १ नम्बर प्रदशेका विभिन्न ठाउँमा रहेका धार्मिक तथा पर्यटकीयस्थलसम्म पुग्न पर्यटकलाई केही समस्या भएकाले तिनको पहिचान गरी समाधानतर्फ लाग्न समेत उहाँले जोड दिनुभयो । नाटाका निवर्तमान अध्यक्ष भुपालराज श्रेष्ठले नाटाको विगत र वर्तमानका बारेमा अवगत गराउनुभएको थियो ।

१७ असोजमा सम्पन्न संस्थाको नवौं अधिवेशनबाट उदयकुमार श्रेष्ठको नेतृत्वमा नाटाको १ नम्बर प्रदेश समिति चयन भएको थियो । त्यस लगत्तै आफ्नो स्वीकारोक्ती दिने क्रममा आफुले चुनाव जितेको दुईसाताभित्रमा संस्थाको प्रादेशकि कार्यालय र वेभसाईड सञ्चालनमा ल्याउने उहाँले घोषणा गर्नुभएको थियो । सोहि घोषणा अनुसार ठीक दुईसातामा आफुले बोलेको कुरा कार्यान्वयनमा ल्याएको अध्यक्ष श्रेष्ठको भनाई थियो ।

उपाध्यक्ष ऋषिराज तिम्सीनाले सञ्चालन गरेको उदघाटन कार्यक्रममा पूर्व मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले हरेक यातायात व्यवसायीहरु संस्थासँग सहकार्य र समन्वय गरी अघि बढ्न तयार रहेको बताउदैं अहिले पर्यटन व्यवसायीका नाममा जताततै ट्राभल सञ्चालन भएकाले यसले समाजमा विकृतिविसंगति भित्रिने भएकाले यसलाई तत्काल नियन्त्रण गर्न नाटाले भूमिका खेल्नुपर्ने बताउनुभयो । ट्राभल व्यवसायीहरले समेत ‘दलाल’ राखेर लामो तथा छोटोदुरीसम्म जाने यात्रुहरुलाई बसको टिकट समेत विक्री गरी अनावश्यक झण्झट दिएको भन्दैं अध्यक्ष श्रेष्ठले यस्तो प्रथाको अन्त्य गर्न नाटालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि मैनालीले होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सचिव एवम् नाटाका पूर्व कोषाध्यक्ष राजु अधिकारी, होटल व्यवसायी संघ मेचीनगरका सचिव हस्तकुमार तामाङ्गलगायतलाई नेपाल पर्यटन बोर्डको पर्यटनक्षेत्रको प्रोटोकल र गाइडलाईन पुस्तक समेत प्रदान गर्नुभयो । कार्यक्रममा कोषाध्यक्षमा संजीत तामाङलगायत प्रदशेका अग्रज पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here