भजन गायक तथा संगितकार कृष्ण भण्डारीले शुरु गरे कपडा व्यवसाय

२ कार्तिक २०७७, आईतवार मा प्रकाशित

तुलसीप्रसाद निरौला ,  बिर्तामोड।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको दर बढीरहँदा सरकारले सवै प्रकारका धार्मिक तथा साँस्कृतिक गतिविधी गर्न निषेधाज्ञा जारी गरेसंगै भजन गायकहरु मारमा परेका छन् ।

 

नेपालीहरुको महान पर्व दशैंको समयमा मन्दिर तथा शक्तिपीठहरुमा हुने नित्य पुजाआजावाहेक सवै प्रकारका धार्मिक तथा साँस्कृतिक गतिविधी गर्न निषेधाज्ञा जारी गरेसंगै मन्दिर तथा शक्तिपीठहरुमा हुने नवरात्रिय धार्मिक अनुष्ठान समेत नहुँदा भजन गायकहरु झनै मारमा परेका छन् ।

कोरोनाको कहरमा गीत संगितको क्षेत्र धरासायी भएसंगै झापा विर्तामोडका भजन गायक तथा संगितकार कृष्ण भण्डारीले कपडा व्यवसाय सञ्चालन गरेका छन् । विर्तामोडको सिटी सेन्टरमा डिका फेन्सी कलेक्सन नामक व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट वच्न सरकारले जारी गरेको लकडाउनले आत्मनिर्भर बन्नु पर्छ भन्ने ठूलो पाठ सिकाएको बताउँदै भजन गायक तथा संगितकार कृष्ण भण्डारीले आर्थिक उपार्जनका लागि व्यवसाय शुरु गरेको जानकारी दिए ।

 

१८ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको डिका फेन्सी कलेक्सनमा सम्पूर्ण प्रकारका रेडिमेड तथा फेन्सी कपडा उपलव्ध हुने सञ्चालिका यसोदा गौतम भण्डारीले बताइन् ।

यसैवीच डिका फेन्सी कलेक्सनको विहीवार उद्घाटन गरिएको छ । भजन गायक तथा संगितकार भण्डारीका दुई जना छोरी आरोग्य भण्डारी र एन्जिना भण्डारीले वैदिक विधीपूर्वक डिका फेन्सी कलेक्सनको उद्घाटन गरेका थिए ।

 

कार्यक्रममा सहभागि युवा पं कुबेर सुबेदी, भजन गायक राजु अधिकारी , तवलावादक रङ्गनाथ खनाल ,साहित्यकार तुलसीप्रसाद भट्टराई लगायतले भजन गायक तथा संगितकार भण्डारीलाई व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।

भजन गायक तथा संगितकारको रुपमा परिचित झापा विर्तामोड –४ का भजन गायक तथा संगितकार भण्डारीले चार वटा भजन एल्वम् तथा विभिन्न गीत तथा भजनको म्युजिक भिडियो समेत निकालिसकेको वताउँदै गीत संगितको क्षेत्रलाई पनि निरन्तरता दिने वताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here