मोरङमा सट्टेबाजी खेल खेलाउने तीन जना पक्राउ

३ कार्तिक २०७७, सोमबार मा प्रकाशित

मोरङ।

मोरङको विराटनगर–१६ स्थित भट्टीमोडबाट ठुलो रकमको बाजी राखेर जुवा वा सट्टेबाजी खेल खेलाउने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय पुरूषोत्तम साह, ३५ बर्षीय मन्जित साह र विराटनगर–१५ का २८ बर्षीय अपजर अली रहेका छन् ।

पक्राउ परेका तीनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको विशेष सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आइतबार राती साढे ११ बजे पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट नगद २८ हजार ५ सय रुपैंया, ३ थान डायरी, ५ थान मोबाईल र १ थान को १८ प ६८८९ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनिहरुले अनलाइनबाट कुन टिमको हारजीत हुन्छ भन्दै बाजी मार्नका लागी रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका तीनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here