सर्पदंश सम्बन्धी चेतनामुलक प्रशिक्षण

0
1245

बाहुण्डाँगी ।

समुदायमा आधारित सर्पदंश सम्बन्धी एक दिने चेतनामुलक प्रशिक्षण सोमबार बाहुण्डाँगीमा सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाहुण्डाँगी उपशाखाको आयोजना तथा मेचीनगर नगरपालिका २ नं. वडा कार्यालयको सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो । कोरोना महामारीका कारण न्यून उपस्थितिमा एक आपसको दुरी कायम गरी सम्पन्न गरिएको प्रशिक्षणमा स्थानीय २५ जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा सर्पको डसाईबाट बच्ने उपाय र सर्पले डस्दा गरिने प्राथमिक उपचारका बारेमा नेपाल रेडक्रस सोसाइटी कनकाई सहारा सर्पदंश उपचार केन्द्र कोटीहोमका इन्चार्ज अभिशेक पोख्रेलले सहजिकरण गरेका थिए ।

प्रशिक्षणको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका २ नं. वडाका वडा अध्यक्ष तिलक न्यौपाने र नेपाल रेडक्रस सोसाइटी, झापा शाखाका उपमन्त्री विश्व थापाले संयुक्त रुपमा गरेका थिए ।

आयोजक संस्थाका सह कोषाध्यक्ष कमल तामाङ्गले स्वागत गरेको कार्यक्रममा रेडक्रस बाहुण्डाँगी उपशाखाका पूर्व सभापति नारद काफ्ले, मेचीनगर नगरपालिका १ नं. वडाका वडाअध्यक्ष पासाङ्ग तामाङ्ग लगायतले मन्तब्य राखेका थिए ।

आयोजक संस्थाका सभापति घनश्याम दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव बिपन प्रधानले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here