विर्तामोडको अमृतभोगमा ५० भन्दा वढीको मिठाई

0
1780

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

पूर्वको व्यापारिक केन्द्रको रुपमा परिचित विर्तामोडमा सोमवारबाट अमृतभोग स्वीट्स एण्ड स्न्याक्स नामक मिठाई पसल सञ्चालनमा आएको छ ।

रेडियो बिराटका सञ्चालक एवम् पत्रकार देबेन्द्र प्रसाई, मारवाडी सेवा समिति विर्तामोडका भूपू अध्यक्ष तथा पुराना मिठाई व्यवसायी राजु शर्मा पारिक र मारवाडी युवा मञ्च विर्तामोडका पूर्व अध्यक्ष दिपक मित्तलले संयुक्त रुपमा विर्तामोडमा अमृतभोग स्वीट्स एन्ड स्न्याक्स नामक मिठाई पसल सञ्चालनमा ल्याएका हुन् ।

उनीहरुले ७० लाख रुपैयाँको लागतमा अमृतभोग स्वीट्स एन्ड स्न्याक्स नामक मिठाई पसल सञ्चालनमा ल्याएका हुन् ।
विर्तामोड–५ स्थित काँकरभिट्टा रोडमा कालीमन्दिरको छेउमा रहेको अमृतभोग स्वीट्स एन्ड स्न्याक्सको उद्घाटन सञ्चालक प्रसाईका पिता विष्णुप्रसाद प्रसाई तथा माता धनमाया प्रसाई र अर्का सञ्चालक मित्तलका पिता प्रयागराज मित्तल तथा माता प्रेम मित्तलले गरेका थिए ।

गुणस्तरीय मिठाईको खोजीमा बिर्तामोडबाट अन्यत्र जाने ग्राहकहरुलाई एउटै छानामुनी मिवावटरहित ५० भन्दा बढी शुद्ध मिठाईका परिकारहरु उपलब्ध गराउने उद्देश्यले अमृतभोग स्वीट्स एण्ड स्न्याक्स सञ्चालनमा ल्याएको सञ्चालक देवेन्द्र प्रसाईंले बताए ।

 

रेडियो विराटकी प्रबन्ध निर्देशक तथा सञ्चारकर्मी लीला अनमोल र रेडियो विराटका सञ्चालक देवेन्द्र प्रसाईंले पत्रकारिता सँगसँगै व्यवसाय समेत शुरु गरेको जानकारी दिए । उनीहरुले बिर्तामोडमै ग्राहकले खोजे र चाहे अनुसारको मिठाई लगायतका खानेकुरा उपलब्ध गराउन अमृतभोग सञ्चालनमा ल्याएको जानकारी दिए ।

त्यस्तै अर्का सञ्चालक दीपक मित्तलले अमृतभोगमा ताजा, आफ्नै उत्पादन र मिसावटरहित शुद्ध मिठाइका परिकारहरु बिक्री हुने बताए । उनले बिर्तामोडका अन्य मिठाई पसलमा नपाइने मिठाईहरु अमृतभोगमा पाइने जानकारी दिए ।

त्यस्तै अर्का सञ्चालक राजु पारिकले अमृतभोगमा सिलिगुडीमा मात्र पाइने स्वादिस्ट राजभोग लगायतका ५० किसिमका मिठाई, १४ किसिमको चार्ट, १० प्रकारको डोसा, पाँच प्रकारको मसला पितला, छ स्वाद र आकारको रसभरी गरी छेनाबाट मात्र तयार परिने २२ प्रकारका मिठाई ग्राहकलाई उपलब्ध गराइने जानकारी दिए ।

अमृतभोगमा ग्राहकको सेवाको लागि तीन तला ठाउँ बनाइएको जसमध्ये भुइँ तल्लामा मिठाई, माथ्लो तलामा नास्ता तेस्रो तलामा सोफा क्याविन रहेको बताइएको छ । आगामी वुधवारसम्म अमृतभोग स्वीट्स एण्ड स्न्याक्सको उद्घाटन कार्यक्रम राखिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here