अर्जुनधारामा किटाणु रहित विरुवा उत्पादनका लागि टिस्यू कल्चर प्रविधि

४ कार्तिक २०७७, मंगलवार मा प्रकाशित

झापा,

झापाको अर्जुनधारा नगरपालिकामा टिस्यु कल्चर प्रविधि ( रेसा छुट्याएर अध्ययन गर्र्न) बाट बिरुवा उत्पादन शुरु गरिएको छ ।
एपेक्स वायो टेक एण्ड एग्रो फरेष्ट्री रिसर्च सेन्टरले टिस्यु कल्चर प्रविधिबाट अर्जुनधारा नगरपालिका ३ मा विरुवा उत्पादनको तयारी थालेको छ । प्रदेश सरकारसंग समन्वय गर्दै ८२ लाख रुपैयाँको लागतमा अर्जुनधारा नगरपालिका – ३ मा ल्याव समेत स्थापना गरिएको छ ।


टिस्यु कल्चर प्रविधि एउटा स्वस्थ विरुवाको निकै सानो कोष (सेल) बाट हजारौं विरुवा निकाल्न सकिने अत्याधुनिक प्रविधि हो । कुनै पनि स्वस्थ विरुवाको डाँठबाट सानो कोष निकालेर हाइटेक ल्याबमा बायोटेक इञ्जिनियर (प्राविधिक) ले विरुवा उत्पादन गर्दछन् । एउटा कोषलाई हाइटेक ल्याबमा केमिकलहरूको प्रयोग गर्दै हुर्काउँदै साना साना कोषहरूमा विभाजन गरेर हजारौं विरुवा उत्पादन गर्न सकिने एपेक्स वायो टेक एण्ड एग्रो फरेष्ट्री रिसर्च सेन्टरका सञ्चालक प्रशोधन निरौलाले बताउनुभयो ।
विरुवाको कोषलाई हुर्काउन ल्याबमै ६ महिनासम्म लाग्ने गरेको छ । वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झण्डै ३ महिनासम्म विरुवा हुर्काइन्छ । ३ महिनासम्म ल्याबमा हुर्किएको विरुवालाई जहाँको माटोको लागि तयार गरिएको त्यही ठाउँमा ग्रिन हाउस निर्माण गरेर राखिन्छ – निरौलाले भन्नुभयो– झण्डै ३ महिना ग्रिन हाउस नर्सरीमा हुर्किएपछि मात्र यो विरुला रोप्नका लागि तयार हुन्छ ।


अर्जुनधारा नगरपालिकामा यो विधिबाट विभिन्न प्रजातिका विरुवा उत्पादनका ल्याव स्थापना गरिएको बताउँदै तिहारपछिबाट विभिन्न प्रजातिका विरुवा उत्पादन शुरु गरिने निरौलाको भनाई छ । अहिले हाइटेक ल्याब तयार गरिएको बताइएको छ ।
टिस्यु कल्चर प्रविधिबाट विरुवा उत्पादन गर्दा एकै पटक सामुहिक उत्पादन गर्न सकिने र किटाणु रहित विरुवा उत्पादन हुने बताइएको छ । पहिलो चरणमा रातो कोला(मुसा क्बीनेटा) को विरुवा उत्पादन गर्दै कृषकलाई बितरण गरिने भएको छ । एउटै कोलाको गानोबाट २ देखि ३ हजार विरुवा उत्पादन हुने हुँदै थोरै परिमाणबाट धेरै विरुवा उत्पादन गर्न यो बिधिले सहयोग पुग्ने बताइएको छ । अहिले कोलाको ग्रयाण्ड नाईन वीलियम हाइव्रेड भारतबाट आयात भइरहेको निरौलाले बताउनुभयो । झापामा नै यो प्रविधिले कोलाको विरुवा उत्पादन गर्न शुरु गरेपछि भारतबाट आयात हुने कोलाको विरुवामा कमी आउने निरौलाको भनाई छ । अर्जुनधारा नगरपालिकामा यो प्रविधि भित्र्याउन प्रदेश सरकारले ४९ लाख रुपैयाँ सहयोग गरेको बताइएको छ ।


पहिलो चराणमा रातो केरा र पचौली (सेन्ट उत्पादन गर्ने विरुवा)को टिस्यु कल्चर प्रविधिबाट समुहमा विरुवा उत्पादन गर्ने र कृषकलाई बितरण गर्ने प्रतिनिधि सभाकी सांसद पवित्रा निरौला खरेलले बताउनुभएको छ । यो प्रविधि झापाका लागि निक्कै उपयोगी हुने निरौलाको भनाई छ । नेपाल आफैंमा कृषि प्रधान देश भएकाले वाली उत्पादनमा नयाँ नयाँ प्रविधि भित्र्याएर उत्पादकत्व वढाउन आफूहरु लागि परेको निरौलाले बताउनुभयो ।
यता अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडाले टिस्यु कल्चर प्रविधि कृषकका लागि निक्कै उपयोगी हुने बताउनु भएको छ । यहाँ तयार गरिएका स्वस्थ विरुवा किसानका घर घरमा पु¥याउन सकेको खण्डमा अर्नुनधाराका कृषक प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here