‘समृद्ध बाह्रदशी बनाउन स्वार्थरहित भिजनको खाँचो ’

४ कार्तिक २०७७, मंगलवार मा प्रकाशित
  • 130
  •  
  •  
  •  
  •  
  •  
    130
    Shares

बाह्रदशी गाउँपालिका प्रदेश नं १ मेची अञ्चल झापा जिल्ला को दक्षािणा भेगमा अवस्थित रहेको छ । नेपाल सरकारको पछिल्लो राज्य पनरसंरचना २०७३ ले साविक गाउँ विकास समितिहरु राजगढ , चकचकी र डाँगिबारीलाई समावेश गरी बाह्रदशी गाउँपालिका नामाकरणा गरिएको हो । यसको भौगोलिक अवस्थालाई हेर्दा दिक्षाणा मा कचनकवल गाउँपालिका पूर्वमा हेर्दा हल्दिवारी गाउँपालिका उत्तरमा विर्तामोड र कनकाई नगरपालिका र पश्चिममा झापा गाउँपालिकाको समथल भूमिसँग जोडिएको छ ।
यस गाउँपालिका समुन्द्र सतहबाट ७७ मिटर देखी १२३ मिटरसम्मको उचाईमा अवस्थित छ । यस गाउँपालिका को कूल क्षेत्रफल ८०.४ वर्ग किलोमिटर रहेको छ भने कूल जनसख्या ३९६२२ रहेको छ । यो गाउँपालिका ७ वटा वडामा विभाजन भएको छ । जसमा दिक्षाण तिर राजगढ ९ वडा नं १,२,३ रहेका छन् भने मध्ये भागमा चकचकी ९ वडा नं ४,५ रहेका छन् त्यसै गरी उत्तरी भागमा डाँगिबारी ९ वाडा नं ६,७ रहेका छन् । यस गाउँपालिका भित्र विभिन्न जातजाति र विभिन्न धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहेको छ । दक्षािण भागमा आदिवासी जनजातिको बाहुल्यता रहेको छ भने मध्य र उत्तरी भागमा अन्य जातिको बाहुल्यता रहेको छ । यस गाउँपालिकाका अधिकांश जनसंख्या कृषि पेशमा आवद्ध छन् भने केही जनसंख्या व्यपार व्यसायमा पनि आवद्ध छन् । यस गाउँपालिकाको दक्षािणा भेगमा राजगढ बजार रहेको छ भने मध्य भागमा चकचकी बजार र उत्तरी भेगमा डागिबारी बजार रहेको छ । यस गाउँपालिका भित्र जम्मा १६ वटा सामुदायीक र १३ वटा संस्थागत विद्ययालय रहेका छन् भने ५ वटा स्वास्थ चौकीहरु रहेका छन् । यस गाउँपालिका भित्र अवस्थित सामुदायिक र संस्थागत विद्यालयहरुले यस गाउँपालिका भित्रका बालबालिकाहरुलाई सर्वसुलभ तरिकाले पठनपाठनमा सरिक गराएको छ भने यहाँ अवस्थित स्वस्थ चौकीहरुले स्थानिय बासिलाई सर्वसुलभ तरिकाले औषाधि उपचारको व्यवस्था गरेको छ ।
यस गाउँपालिकाको यातायत गुरुयोजनाले यस गाउँपालिका भित्र ३२५ वटा सडक खण्डहरु पिहचान गरेको छ । गाउँपालिका क्षेत्रभित्र पर्ने मुख्य राजमार्ग खण्ड सहित यस योजनाले पहिचान गरेका कुल सडकहरु अन्तरगत ए क्लास ३१ किमी , बि क्लास ५२ किमी , सि क्लास ५३ किमी र डी क्लास २४८ किमी रहेको छ भने पहिचान गरेको कुल लम्वाई ३८४ किमी रहेको छ , जसमध्ये ६ किमी कालो पत्रो , १२४ किमी ग्राबभेल र २५३ किमी धुले र कच्ची सडकहरु रहेका छन् । औद्यौगिक क्षेत्र हेर्ने हो भने यहाँ घरेलु तथा साना उद्योगहरु भने ज्यादै न्यून रहेको पाईन्छ । समग्र वाह्रदशी गाउँपालिकाको विषयमा वडा नम्वर २ का अध्यक्ष यादव मिश्रसंग गरिएको कुराकानीको सम्पादित अंश ।

Advertisement

 कोविड १९ को वावजुद कसरी काम गरी रहनु भएको छ ?

वास्तवमा अहिले विश्वभरी नै फैलिएको कोभिड १९ का कारण जनताका र विकाशका धेरै कामहरु प्रभावित भएको अवस्था सर्व विविधै छ । त्यसका वावजुद पनि एउटा सामाजिक दूरी कायम गर्दै –गराउँदै त्यसबाट बच्ने उपायहरु अपनाउँदै जनताका कामहरु वडा कार्यलयमा प्रभावकारी ढंगले छिटो छरितो र पारदर्शी ढंगले गरिरहेको छौं ।

 तपाई यो वडाको जनप्रतिनिधि भएपछि गरेको महत्वपूर्ण काम के–के छन ?

अत्यन्तै राम्रो प्रश्न, देश जब १९ वर्ष संक्रमण कालबाट गुज्रिदै गर्दा तत्कालीन समयन्त्र र कर्मचारीबाट राज्य चलेको थियो । त्यसैले कुनै पनि ठाउँमा कुनै ठोस योजना र विकासले निरन्तरता र प्राथमिकता पाउन सकेको थिएन । त्यसैले सबै ठाउँहरु अस्तव्यस्त थिए । जनताका चाहाना ,इच्छा,आकांक्षा र आवश्यक्ता सबै ओइलेर खुम्चिएको अवस्था थियो । जब स्थानीय तहको निर्वाचनपछि हामी जनप्रतिनिधि निर्वाचन भएर आयौं र एउटा नयाँ जोस जांगर र उमंग लिएर जसरी आयौ,त्यसरिनै स्थानीयवासीको साथ–सहयोगमा र उहाँहरुको सल्लामा महत्वपूर्ण कामको पहिचान गरी जिर्ण अवस्थामा रहेका विकासका पूर्वधारहरु जस्तै बाटा–घाटा ,विद्युत,पुल,कल्र्भट ,खानेपानी ,स्वास्थ्य,शिक्षा र कृषि लगायत लक्षीत वर्गका व्यक्तित्व विकास , युवा–युवतीहरुले व्यवसायिक तालिम ,उद्घोषण कम्प्यूटर शिक्षा , सिलाई–वुनाई ,कटाई विद्युत प्रशिक्षण जस्ता कार्यक्रमहरुले प्राथमिकता र निरन्तरता पाइएको अवस्था छ ।

तपाईको कार्यकालमा गरेका महत्वपूर्ण कामहरु के के हुन ? कति वटा योजनाहरुको काम सम्पन्न भई सकेका छन् र ति कुन – कुन हुन ?

अहिले हाम्रो कार्यकाल तेस्रो वर्ष पूरा भएर चौथो वर्षमा प्रवेश गरेको अवस्था हो । विगतका तीन वर्ष कार्यकालमा भए–गरेका महत्वपूर्ण योजनाहरु साना ठूला गरेर ६०–७० वटा योजनाका कामहरु सम्पन्न भई सकेका छन् ।
जस मध्ये हेम्पाइप,काठे पुलहरुलाई विस्थापित गरी पक्की पुलहरु निर्माण भएका छन् । अहिले ८ थान निर्माण पक्की पुल निर्माण भइसकेका छन । बाटाघाटको स्तरोन्नति भएको छ । साघुँरा बाटा फरकिलो बनाइएको छ । १० देखि १२ किलोमिटर बाटोको स्तरोन्नति भएको छ र सहज रुपमा आवागमनमा कुनै अबरोध छैन ।
इलाका स्वास्थ्य चौकी राजगढमा वर्थिङ सेन्टर ,गाउँघर क्लिनिकको जग्गा समेत व्यवस्था गरी भवन निर्माण, खानेपानीका लागि जग्गा समेत व्यवस्थापन गर्दै टेङ्की, बोरिङ, घेरा–वाराको काम सुरुवात भएको छ ।

वुट्टावारीमा बजारको जग्गा व्यवस्थापन गरी सुचारु भएको , दुर्गा मन्दिर, शिवालय मन्दिरको भौतिक सुधार घेरा–वेरा समेत , गरिएको छ । विद्ययालयहरुमा स्कूल पोषाक बालवालिकाहरुलाई सुविधा सम्पन्न कक्षा, कोठा, शौचालय, खेलमैदान र खेलौना सामाग्री व्यवस्थित गरिएको छ । त्यसैगरी ५०० मिटर ३० फुुटे सडक बेसमा डे«न निमार्ण समेत भएको छ ।

 अब कति वटा योजनाहरु संचालनमा छन ? (चालु आर्थिक वर्षमा )

ठूला साना गरेर ३०–३५ वटा योजनाहरु सञ्चालनमा छन । ति पनि बाटो ,पुल, वजार सुधार ,पर्यटकीय क्षेत्र विकास लगायत महत्वपूर्ण कामहरु रहेका छन् । मठ–मन्दिर , ड्रेन निमार्ण , लक्षित वर्गको आर्थिक विकास – युवालाई स्वरोजगार तालिम जस्ता योजना रहेका छन ।

  भौतिक निर्माण तर्फ पूर्बाधार विकासमा मात्र लगानी भयो कि अन्य क्षेत्रमा पनि काम गर्नु भयो ?

कुनै पनि ठाउँको विकासको पहिलो सिढी भनेकै भौतिक निर्माण पूर्वाधार विकास नै भएकाले पहिलो प्राथमिकता त्यसैलाई दिइएको छ । हाम्रो समाजमा हुने लिङ्ग , भाषा ,र जात जातिको क्षेत्रको विकास नभई समाजले पूर्णता नपाउने भएकाले , त्यहाँ रहेका हरेक क्षेत्र ,जस्तै महिला,बालवालिका,अपाङ्ग,पिछडिएका वर्ग ,आदिवासी, जन–जाति, मठ–मन्दिर स्वाच्च शिक्षा ,कृषि, खाने पानी ,सरसफाई,आर्थिक सहयोग लगायत समाजमा देखा पर्ने सम्पूर्ण समस्यालाई समेटेरै काम गरिरहेको अवस्था छ ।

  अवको यहाको योजना के के छ ?

विकासले एउटै कार्यकालमा पूर्णता पाउँछ भन्ने कुरा त सम्भव छैन । तर, पनि बजेटले भ्याएसम्म यस वडाका जनताको पहिलो आवश्यकताको पहिचान गरी सुविधा सम्पन्न वडा बनाउने सोच रहेको छ । वाँकी रहेको महत्वपूर्ण योजनाहरुलाई सम्पन्न गर्दै कृषि क्षेत्रमा कृषकहरुले अहिलेसम्म कुनै ठोस् योजना पाउन सकेका छैनन् । त्यसैले अबको योजनामा कृषिमा लगानि गर्ने सोच रहेको छ ।

  के गर्ने मन थियो , तर सक्नु भएन ?

आफूले चाहेको कुरा त प्रधानमन्त्रीले पनि गर्न सक्दारहेन छन् । बल्ल त थाहा पाइँदैछ । तथापि प्रयास जारी छ, समय अझै छ । आफ्नो वडा लाई हरेक कुराबाट सम्वृद बनाउने मन थियो । जसमध्ये धेरै कामहरु पूरा भई सकेका छन् । अब अधुरा रहेका कामलाई बजेटले भ्याएसम्म पूरा गर्ने लक्ष्य लिएको छु । अवश्य पनि सबैको सहयोगमा पूरा हुनेछ । तर, मैले चाहेको काम मध्ये बाह्रदशी गाउँपालिकामा आर्थिक समितिमा रहेर काम गर्न मौका पाए पश्चात कृषि क्षेत्रमा ठूलो परिवर्तन गर्ने सोच थियो । वितरण मुखी भन्दा पनि व्यवसायिक रुपमा कृषि उत्पादन लाई जोड दिन खोज्दा , हाम्रो बाह्रदशी गाउँपालिकाको टिम, कर्मचामरी हुन या जनप्रतिनिधि यस विषयमा त्यति सक्रिय भूमिकामा कसैमा पनी नदेखिएको अवस्था छ । कृषिमा विन्योजित भएका कार्यक्रम पनि असफल भएर रकमान्तर गरी पुन वितरण मुखी कार्यक्रम गरेको तीतो सत्य भने मनमा रहेकै छ । यसमा पनि मेहेनत गर्ने भन्दा मेहेनत नगरी राज्यबाट सुबिधा लिन पल्किएका कृर्षकहरु बढी सक्रिया भएको देखिन्छ । यस्तो सिस्टमलाई ताडेर असली मेहेनती कृर्षकको पहिचान गरी व्यवसायी कृषि उत्पादनमा जोड दिन आबश्यकता छ । यस विषयमा थोरै असफल भएको महसुुस भएको छ । सवैको साथ सहयोग पाउँदा यसलाई पनि सुधारेर लान सकिन्छ ।

 समृद्ध वडा बनाउन यहाँको भूमिका के रहला ?

पक्कै पनि समृद्घ वडा बनाउने क्रममा म लगायत हाम्रो वडा समिति र वडावासी निरन्तर लागिपरेका छौं । यसमा सबैको भूमिका अहम छ । यसमा वडामा रहेका पूर्वधार विकासको पहिचान गरी विकास निमार्णमा लगानी गर्ने , कृषि पेशालाई व्यवसायिकीकरण गर्ने , पछि परेका जात जाति , भाषा, धर्मलाई सहयोग गरी लक्ष्ाित वर्ग समेत लाई सामाजिक , आर्थिक र शैक्षिक रुपमा अगाडि बढाउने काममा ठूलो भूमिका रहेको अवस्ीथा छ ।

 समग्र बाह्रदशीको विकास निमार्णको पाटोलाई हेर्नु पर्दा ?

हिजोको राजगढ , चकचकी र डाँगीवारीगरी तीनवटा गाविसहरु . मिलेर हाल बाह्रदशी गाउँपालिका बनेको अवस्था हो । त्यसैले भौगोलिक हिसाबले पनि अलिक विकटता रहेको गाउँपालिका पनि हो हाम्रो गाउँपालिका । बाह्रदशी गाउँपालिकामा तथापि हाल आएर विकास निमार्णको पाटोलाई हेर्ने हो भने तत्कालीन अवस्थामा र हालको अवस्थामा आकास र जमिनको फरक पाईन्छ । यहाँ चौतर्फी विकास भएको छ । जताततै सुविधा सम्पन्न बाटाघाटा,आवश्यक स्थानमा पुल कल्भर्ट,झोलुङ्रगे पुललाई पनि हेर्न सक्छौं । शिक्ष क्षेत्रमा पनि त्यत्तिकै सुधार भएको पाउन सकिन्छ ।
प्रत्येक विद्यालयहरुमा घेरा वारा , सुविधा सम्पन्न कक्षा कोठा , शौचालय , भौतिक संरचनाले पूर्णता पाइसकेको अवस्था छ भने श्री पशुपति माध्यमिक विद्यालय राजगढमा प्राविधिका शिक्ष समेत संचालन भइसकेको अवस्था छ ।
स्वास्थ्य क्षेत्रमा पनि राजगढ, चकचकी र डाँगीवारी तीन स्थानमा ल्याव सेवा , २४ सै घण्टा प्रसुति सेवा लगायत सवै वडाहरुमा प्राथमिक उपचार सेवा केन्द्र समेत सुचारु भई सकेको अवस्था छ । हामीले विद्युतीय क्षेत्रमा पनि उज्यालो बाह्रदशी बनाउन ठूलो लगानी गरेर सफल भएको अवस्था छ । हाम्रा गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी लगायत हामी सवै मिलेर यस क्षेत्रलाई एउटा सुन्दर सफल बाह्रदशी बनाउनका लागि खटिरहेको अवस्था छ । त्यसै गरी विरिङ नदी तटवन्धनलाई पनि हामीले ध्यान दिएका छौ ।

त्यसै गरी पर्यटनको क्षेत्रमा पनि वडा नं. १,२ र ६ मा ठूलो लगानी गरेको छौ भने विशेष राजगढ वजारलाई विकासको एउटा उदाहरणको रुपमा लिन सकिन्छ । बाह्रदशी गाउँपालिकामा भएको विकास निर्माणलाई मैले यतिनै पर्याप्त हो भन्न खोजेको भने होइन । छोटो समय र निश्चित वजेट र स्रोतलाई हेर्ने हो भने यसलाई राम्रै विकास भएको मान्न सकिन्छ ।
विकास निर्माणमा आन्तरकि श्रोतको मात्रै परिचालन गर्नु भयो नि ? वाह्रय श्रोत त जुटेको देखिदै,किन पहल नगरेर हो ?
मलाई त्यस्तो लाग्दैन , किन भने हाम्रो झापा ३ नं. क्षेत्रमा प्रदेश र संघीय संसादहरु पनि सक्रिय नै हुनुहुन्छ । उहाँहरुको क्षेत्र विकासको रकम पनि हाम्रो बाह्रदशीले प्रयाप्त मात्रामा पाएकै छ । मुख्यमन्त्री सडक परियोजना अन्तर्गत पनि रकमहरु आई रहेकै छ । प्रदेश सरकारवाट १ नं. वडा मा १५ करोडको अदुवा खोलामा पुल बन्न डी.पी.आर. भई सकेको छ भने प्रदेशबाटै फुलवारीमा कवर्डहल समेत बनिसकेको अवस्था छ । त्यसैगरी झोलुङ्रगे पुल , राजवंशी विकास सामुदायिक भवन लगणयतका योजनाहरुमा रकम आई रहेको अवस्था छ भने तपाईले भने जस्तै जति आउनु पथ्र्याे त्यती ल्याउन नसकेको अवस्थाचाँही सत्यनै हो । त्यसमा गा.पा. अध्यक्षज्युको तर्फबाट पनि पहल भएरै माथिका योजनाहरु आएका हुन र समग्र टिमको तर्फबाट भने केही कमी कम्जोरी भएको हुन पनि सक्छ । सत्य कुरा लुक्दैन ।

 बाह्रदशी गाउँपालिका वडा नम्वर २ लाई चिनाउने के – के आधारहरु छन् ?

बाह्रदशी गा.पा. को जनसंख्या र भुगोलको आधारमा दोस्रो ठूलो वाडको रुपमा रहेको २ नं. वाडमा विभिन्न जात जाति , भाषा ,धर्महरु मिलेर वसेको वडा हो । यस वडामा सवै वर्ग विकास र समृद्घिको लागि धेरै कामहरु भएका छन ।

जस्तै –
त्रिवेणी धाम

तीन नदी संगम स्थल यसै वडामा भएका कारणले त्रिवेणी धाम नामले प्रख्यात स्थलमा विभिन्न जात जातिका मठ मन्दिरहरु निर्माणाधीन अवस्थामा रहेका छन । त्यस्तै यस क्षेत्रमा बौध स्तुफा समेत निर्माण हुने क्रममा छ र यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र विकासको रुपमा चिनाउने लक्ष रहेको छ ।

 मनकामना वन

मनकामना वन उपभोक्ता समिति यसै वडामा रहेर यस क्षेत्रमा पर्ने वनका खाली ठाउँहरुमा वोट विरुवाहरु लगाई वनको पूर्ण रुपमा संरक्षण गरेको अवस्था छ ।

वुट्टावारी खाने पानी

४००० लि. को यस खाने पानी योजना वाट १ र २ वडा का २५–३०,००० जनताहरु लाभन्वित हुने लक्ष्य लिएर यो योजना क्रमशः निर्माणधीन अवस्थामा रहेको छ । उक्त योजनाका लागि श्री कुंकिल राजवंशीले वाटो समेत गरी जम्मा १० कठ्ठा जग्गा दिएर सहयोग पु¥याउनु भएको छ ।

वुट्टावारी वजार व्यवस्थापन

वुट्टावारी वजार व्यवस्थापनका लागि जीवन राजवंशीले वजारका लागि जग्गा उपलब्ध गराउनु भएको छ । अहिले बजार व्यवस्थापनको काम भएको छ ।

 वुट्टावारी स्वास्थ्य चौकी

वुट्टावारी स्वास्थ्य चौकीका लागी वानालाल राजवंशी र समीर मियावाट एक एक कठ्ठा जग्गा निःशुल्क दिनु भएको छ । भवन पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।

यस वडामा करिव १०–१२ कि.मि. सडकको स्तर उन्नति र स्पेसल ग्राभेल समेत वाटाहरु बनेका छन् । ८–१० वटा काठे पुलको विस्थापित गरी पुल कल्भर्ट निर्माण भइसकेको छ भने स्वनस्थ्य चौकी भवन ल्याव तथा २४ सै घण्टा प्रसुति सेवा समेत रहेको छ ।

शिक्षा
यस वडामा रहेका सामुदायिक विद्यालयहरुमा कक्षा कोठा सुविधा सम्पन्न र विद्यालयको घेरावारा , खानेपानी र शौचालय समेतले पूर्णता पाएको अवस्था छ ।

संसाद पूर्णसिंह राजवंशीको क्षेत्र विकास कोष वाट ५०० मि. वाटो डे«न समेत ३० फिट चौडाई र वेस–सव वेस समेतको वाटो सम्पन्न भएको छ ।

 निशुल्क विद्युत मिटर वितरण

यस २ नं. वडाबाट यसै वर्ष ५५ अति विपन्न परिवारलाई निशुल्क विद्युत मिटर वितरण गरिएको छ ।

 के गर्न सकेको खण्डमा बाह्रदशी समृद्ध बन्न सक्ला ?

सर्व प्रथम त , एकता , सहकार्य , परामर्श र स्वार्थरहित भिजनको खाचो देखिन्छ । यति भयो भने हामी सजिलै समृद्ध बाह्रदशी निमार्ण गर्न सक्छै । यो इमान्दारिता कुनै एक पक्षसंग मात्र भएर पनि हँुदैन , समाजमा हरेक पक्ष हुन्छ र जिम्मेवारी पनि उत्तिकै हुन्छ । त्यसैले जनप्रतिनिधि, कर्मचारी , शिक्षक , सुरक्षाकर्मी , व्यपारी , वुद्धिजिवी समाजसेवी , कृषक लगायत सम्पूर्ण बाह्रदशीवासी नै इमान्दारी भएर समृद्घ समाज निमार्णको संकल्प गरी अघि वढ्ने हो भने समृद्घ बाह्रदशी बन्न कुनै गाह्रो छैन । त्यसैले आरुलाई दोष दिएर आफू उम्कन खोज्नु भन्दा आफैले गल्ती स्वीकार गर्नु नै समृद्धको लक्षण हो ।

 अन्त्यमा

धेरै कुुराहरु त माथि नै आई सकेका छन् । फेरि पनि भन्नु पर्दा अलिकती वाडले युवा लक्षित रहेर केही काम गरेको छ । जसमध्ये विभिन्न समयमा विभिन्न तालिम जस्तै– उद्घोषण तालिम , ६ महिने सिलाई कटाई तालिम ,३ महिने विद्युत वाईरिङ तालिम , ११–१२ मा अध्ययनरत छात्रा–छात्रलाई कम्प्यूटर वेसिककोर्ष , गरीव तथा जेहेन्दार वालवालिकालाई स्कूल पोशाक , छात्रवृत्ति, दलित तथा महिलाहरुलाई जिविको पार्जन होस् भनेर गाईका वाच्छी , वाख्रा,बोका , सुगुरका पाठा पाठी , अति विपन्नाई आवास , शौचालय , खाने पानी , औषधि उपचार , कृया खर्च लगायत जन्ताका धेरै संवेदनशील विषयहरुमा सहभागी भएको अवस्था छ । र, मलाई प्रत्यक्ष र अप्रत्यक्ष सल्लाह सुझाव दिनुहुने सम्पूर्ण साथीभाइहरुलाई विषेश धन्यवाद दिन चाहान्छु ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here