बुद्धशान्ति गाउँपालिका अध्यक्ष भुजेललाई कोरोना संक्रमण

४ कार्तिक २०७७, मंगलवार मा प्रकाशित

अनिल वाग्ले, बुधबारे ।

बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

छातीमा समस्या आएपछि विराटनगरको नोवेल अस्पतालमा उपचाररत् अध्यक्ष भुजेललाई कोरोना पोजेटिभ देखिएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताएका छन् ।

अध्यक्ष भुजेललाई ¥यामडिसिवर इन्जेक्सन प्रयोग गरिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । अध्यक्ष भुजेलसँग सम्पर्कमा आएका र बुद्धशान्तिमा पिसिआर जाँच गरेर रिपोर्टको पर्खाइमा रहेका सबैलाई सुरक्षित तबरले होम क्वारेन्टाइनमा बस्न गाउँपालिकाले अनुरोध गरेको छ ।

यसैबिच गाउँपालिका अध्यक्ष भुजेलले सबैलाई स्वास्थ्य मापदण्ड पूरा गरी कोरोना भाइरससँग बँच्न अनुरोध गरेका छन् । ‘सामाजिक दूरी कायम गर्न, पटकपटक सावुन पानीले हात धुन, भिडभाडमा नजान, मास्कको प्रयोग तथा सेनिटाइजरको प्रयोग गर्न सम्पूर्ण गाउँ पालिकावासीमा अध्यक्षज्यूले अनुरोध गर्नुभएको छ ।’

बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चापागाई भन्छन् ‘ कोरोना पोजेटिभ भएपनि उहाँको स्वास्थ्य अवस्था सामान्य छ, उहाँले सबैजनालाई पूर्ण स्वास्थ्य सर्तकता अपनाउन अनुरोध गर्नुभएको छ ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here