प्रतिबन्धित लागूऔषध सहित दुई जना पक्राउ

४ कार्तिक २०७७, मंगलवार मा प्रकाशित

मोरङ।

मोरङको बिराटनगर–१६ स्थित दरैया एरियाबाट प्रतिबन्धित लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर रानी–१५ का ३१ बर्षीय शम्भु साह र सोही स्थानका ३० बर्षीय बिकी राई रहेका छन् ।

विशेष सुराकका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान आरआईटी समुहबाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ ६२ बोतल डाईलेक्स डिसी,१८७ ट्याब्लेट नाईट्रोजन र २३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागूऔषध सहित आज विहान सवा ४ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङबाट कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here