नाटा प्रदेश नम्वर १ का महासचिव खरेललाई मातृशोक

४ कार्तिक २०७७, मंगलवार मा प्रकाशित

बिर्तामोड।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्टस् नाटा प्रदेश नम्वर १ का महासचिव नवीन खरेललाई मातृशोक परेको छ ।

खरेलकी आमा विर्तामोड नगरपालिका वडा नंं. ४ आदर्श नमूना टोल निवासी नरमाया खरेलको ७६ वर्षको उमेरमा उपचारका क्रममा मंगलवार विहान विराटनगरको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

उनलाई केही दिन अघि उपचारका लागि विराटनगरको नोवेल हस्पिटलमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा राखेर उपचार गरिँदै आएकोमा उपचारका क्रममा मंगलवार विहान उनको निधन भएको बताइएको छ ।

पाँचथरको याङ्वरक –२ च्याङ्थापुस्थित विष्णु माविका पूर्व प्रधानाध्यापक स्व. यज्ञराज खरेलकी श्रीमती नरमाया सामाजिक एवम् धार्मिक कार्यमा सक्रिय रहेकी थिइन् ।

स्व. खरेलकी तीन जना छोरा –वुहारीहरु प्रल्हाद –विष्णुमाया , मोहन–गीता र नवीन–उषा खरेल रहेका छन् । त्यस्तै एक छोरी –ज्वाईं चारु –ईश्वर पोखरेल , पाँच जना नाती र दुई जना नातीनी रहेका छन् ।

स्व. खरेलका छोराहरु मध्ये प्रल्हाद र मोहन व्यवसायी हुन् भने नवीन बिराट अर्जुन उपभोक्ता सहकारी संस्थाका अध्यक्ष , आदर्श व्याङ्क्वेटका सञ्चालक र काउन्सिल ट्राभल्सका म्यानेजिङ डाइरेक्टर हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here