रामबाबु प्रसाईको वाह्रौं दिनको पुण्यतिथिमा झापाका वालवालिकादेखि वृद्धवृद्धासम्मलाई खाना

0
1103

तुलसीप्रसाद निरौला ,बिर्तामोड।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष तथा झापाका पूर्व सभापति खनुपरुदे रामबाबु प्रसाईको  वाह्रौ दिनको पुण्यतिथि पारेर मंगलवार झापाका वृद्धाश्रम , अनाथाश्रम , गुरुकूलमा रहेकालाई खाना खुवाइएको छ ।

 

 

खनुपरुदे रामबाबु प्रसाईका भाई तथा सिके प्रसाईंका छोरा–वुहारी विवेककेशरी –संगिता प्रसाईको नेतृत्व तथा रोहित प्रसाई र प्रकाश उप्रेतीको सहभागितामा झापाका विर्तामोड ,अर्जुनधारा , कनकाई, मेचीनगर ,शिवसताक्षीमा रहेका वृद्धाश्रम , अनाथाश्रम , गुरुकूलमा रहेकालाई एक छाक खाना खुवाइएको हो ।

रामबाबु प्रसाईका परिवारजनको आग्रह वमोजिम वृद्धवृद्धा , अनाथ तथा अपाङ्गता भएका वालवालिका , विद्यार्थी , वटुक लगायतलाई एक छाक खाना खुवाइएको विवेककेशरी प्रसाईले बताए ।

झापाको अर्जुनधारा जलेश्वरधाममा रहेको अर्जुनधारा संस्कृत विद्यापिठ , अर्जुनधारा –६ कप्तानवारीस्थित अपाङ्ग वालशिक्षा सरोकार केन्द्र , मेचीनगर–९ स्थित स्वबोध साधना केन्द्र (बालआश्रम), कनकाई –४ स्थित राधाकृष्ण मन्दिर , शिवसताक्षी –१० माइधारस्थित लक्ष्मीनारायण मन्दिर जगत्गुरु योगीराज कमलनयनाचार्य आश्रम, विर्तामोड –२ चारपानेमा रहेको विवेकाश्रम तथा सांगवेद संस्कृत माध्यमिक विद्यालय , विर्तामोड –४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रम,तारा नमस्ने बाल आश्रम र विर्तामोड –१० स्थित हरिहर आश्रममा पुगेर खाना खुवाइएको उनले बताए ।

सत्यवादी, निष्ठावान नेताका रुपमा परिचित रामबाबुको ९९ बर्षको उमेरमा गत असोज २३ गते काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

रामबाबु बोलेका कुरा जहिल्यै पुरा गरेरै छाड्ने, बचनको पक्का , समयको महत्व बुझ्ने, सत्यको पुजारी, थुप्रै सम्पत्तिको मालिक भएर पनि सादगी जीवन बिताउन चाहने, सबैप्रति समान व्यवहार गर्ने भएकाले उनले देखाएको वाटोको अनुशरण गर्दै प्रसाईको वाहैं दिनको पुण्यतिथि पारेर एक छाक खाना खुवाइएको विवेककेशरी प्रसाईले बताए ।

वृद्धवृद्धा , अनाथ तथा अपाङ्गता भएका वालवालिका , विद्यार्थी , वटुक लगायतले दशैंको समयमा खाना खान पाएपछि खुशी हुँदै रामबाबु प्रसाई खनुपरुदेको स्वर्गमा वास होस् भन्ने कामना गरेका थिए ।

वि.सं. १९७८ साल माघ १६ गते जन्मिएका रामबाबुले विर्तामोडस्थित देवी मावि , बुधबारे हटिया र कृषिथोक बजारलाई जग्गा प्रदान गरी विर्तामोडको शहरीकरणमा महत्वपूर्ण योगदान समेत पु¥याएका थिए ।

उनकी श्रीमती पुनावति, छोरा –वुहारीहरु टोरुप –इन्दू ,डा. डुजुप –मञ्जु र डा.गिसुप – आभा तथा दुई छोरी पनिखम र खेचिम , नाति – नातिनी , पनाती–पनातिनी लगायत रहेका छन् ।

रामबाबुका जेठा छोरा टोरुप श्रीअन्तु प्रकाशन प्रालि एवम् पूर्वाञ्चल दैनिक पत्रिकाका अध्यक्ष हुन् । बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिका संस्थापक अध्यक्ष तथा बिर्तामोडस्थित देवी माविका व्यवस्थापन समितिका अध्यक्ष समेत रहिसकेका टोरुप वीरता जेसीजका पूर्व अध्यक्ष हुन् भने हाल उनी साना शहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष समेत हुन् ।

त्यस्तै माइला छोरा डा. डुजुप प्रसाई नेपाली सेनाका सेवा निवृत्त सहायक रथी चिकित्सक हुन् भने कान्छा डा. गिसुप चितवनस्थित बीपी मेमोसियल क्यान्सर अस्पतालका नायव निर्देशक हुँदै भक्तपुर क्यान्सर अस्पताल लगायतका अस्पतालहरुमा सेवारत् छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here