दशैंको पाँचौ दिन स्कन्द माताको पूजा

0
1062

काठमाडौ,

नेपालीहरुको महान पर्व बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइदै छ।

दुर्गा भवानीका नौ रुप मध्ये पाँचौ स्कन्दमाताको हो।नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूँजा गरिएकोमा आज पाँचौ दिन स्कन्दमाताको पूजा गरिदै छ।

राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लाग्ने गरेको छ। यस वर्ष कोरोनाका कारण भने दशैमा उत्साह छैन।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here