सृजनशीलको १५औं वार्षिक साधारणसभा

0
1142

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

झापाको विर्तामोड –१ स्थित सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा वुधवार सम्पन्न भएको छ ।

 

संस्थाका अध्यक्ष डम्वर विमलीको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघ लिमिटेडका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा साधारणसभा गरिएको हो ।

कोरोना भाइरसको संक्रमण दर वढेका कारण सरकारले भिडभाड गर्न बन्देज लगाएकोले सहकारी विभागको साधारणसभा निर्देशिका बमोजिम साधारण सभा गरिएको अध्यक्ष विमलीले जानकारी दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष विमलीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले २०७६ साल चैत ११ गतेदेखि गरेको लकडाउनका कारण सवै कारोवारहरु ठप्प हुँदा संस्थाले गर्नुपर्ने प्रगतिमा असर पुगेको हुनाले संस्थाले सोचेको प्रगति गर्न नसकिएको तथा अझै पनि अवस्था प्रतिकूल नै रहेकाले संस्थाले जुन तीव्रगतिका साथ अगाडि वढ्नुपर्ने हो सो गतिमा जान नसकिएको वताए ।

संस्थाका शेयर सदस्य एक हजार पाँच सय १९ जना , शेयर पुँजी एक करोड ४० लाख १४ हजार एक सय रुपैयाँ ,निक्षेप संकलन २७ करोड ३८ लाख ४१ हजार एक सय ७१ रुपैयाँ , ऋण लगानी पाँच करोड ३३ लाख ९१ हजार एक सय २३ रुपैयाँ , आम्दानी ९५ लाख ४७ हजार आठ सय २५ रुपैयाँ ,खर्च ८३ लाख ९६ हजार ६१ रुपैयाँ र नाफा ११ लाख ५१ हजार सात सय ६४ रुपैयाँ भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै उनले कोरोना भाइरसको संक्रमणको त्रासका कारणले यस वर्ष संस्थामा आवद्ध शेयर सदस्यहरुमध्ये बिगत वर्ष झैं ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता, असल ऋणीलाई प्रोत्साहनस्वरुप सम्मान तथा पुरस्कृत गर्न नसकेको र उनीहरुलाई आगामी वर्षमा सम्मान तथा पुरस्कृत गरिने बताए ।

संस्थाले शेयर सदस्यहरुको राहत तथा स्वास्थ्य उपचारका लागि सदस्य राहत तथा स्वास्थ्य उपचार कोष खडा गरेको, कोरोना राहत कोषका लागि सहकारी डिभिजन कार्यालय बिर्तामोड शाखामा २५ हजार रुपैयाँ बुझाइएको प्रतिबेदनमा उल्लेख छ ।

संस्थाले सम्पत्ति शुद्धिकरण निवारण आन्तरिक कार्यविधी २०७७ , वचत नीति २०७७ , ऋण नीति २०७७ , आर्थिक प्रशासन नियमावलि २०७७ लाई आर्थिक वर्ष २०७७ ÷०७८ बाट लागू गरिने प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा संस्थाका लेखा समिति संंयोजक नारायण ओझाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन व्यवस्थापक तारा निरौला ढकालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here