इष्टुद्वारा प्याब्सन र एनप्याब्सनविरुद्ध उजुरी

६ कार्तिक २०७७, बिहीबार मा प्रकाशित

भद्रपुर ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा जिल्ला कार्य समितिले प्याब्सन, एन प्याब्सनसहित झापाका निजी विद्यालय सञ्चालकबिरूद्ध श्रम तथा रोजगार कार्यालय भद्रपुरमा उजुरी दर्ता गरेको छ ।

प्याब्सन, एन प्याब्सनको आडमा विद्यालय सञ्चालकहरूले श्रम ऐन तथा नियमावली विपरीत शिक्षक कर्मचारीलाई पारिश्रमिक दिन अश्वीकार गरेपछि इस्टु झापाको उजुरी समितिले कारवाहीको माग राख्दै श्रम तथा रोजगार कार्यालय भद्रपुरमा उजुरी दर्ता गरेको हो ।

उजुरी समितिका संयोजक राजु बरालको नेतृत्वमा गएको शिक्षक कर्मचारीको टोलीले श्रम तथा रोजगार कार्यालय झापाका प्रमुख दुर्गाप्रसाद आचार्यलाई उजुरी पत्र बुझाएको थियो । उजुरी पत्र बुझ्दै प्रमुख आचार्यले प्रचलित ऐन कानून विपरीत जाने जुनसुकै निकाय कानूनी दायरामा आउने प्रष्ट पार्दै झापाका निजी विद्यालय तथा तिनका छाता संगठनलाई तत्काल ऐन नियमको परिधिमा ल्याउने दावी गरे ।

संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूलाई झापाका अधिकांश विद्यालय सञ्चालकहरूले ६ महिनायता तलव नदिएको बताइएको छ । कोभिड १९ को बाहना बनाएर नाफाखोरी प्रवृत्ति प्रस्तुत गरिरहेका विद्यालय सञ्चालकहरूले प्रचलित नियम कानूनलाई समेत चुनौति दिने गरी व्यवहार प्रस्तुत गरिरहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here