जवरजस्ती करणी उद्योगका फरार प्रतिबादीहरु पक्राउ

६ कार्तिक २०७७, बिहीबार मा प्रकाशित

मोरङ।

जवरजस्ती करणी उद्योगका तीन जना फरार प्रतिबादीहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ धनपालथान–७ का २० बर्षीय जयकृष्ण मण्डल, २१ बर्षीय रोशनकुमार मण्डल र २३ बर्षीय मन्जित मण्डल रहेका छन्।

उनीहरुलाई बुधबार राती आफ्नै गाँउ घर एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका तीनै जनाले २०७६ साल साउन १५ गते राती ११ बजे मोरङकै १३ बर्षीया र १९ बर्षीयालाइ जवरजस्ती करणी उद्योग गरी फरार रहेका थिए ।

पक्राउ परेका तीनै जना विरुद्ध ईलाका प्रहरी कार्यालय रंगेलीबाट कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here