सानोतिनो गल्तीले लान्छ कोरोनाले ज्यान …..

६ कार्तिक २०७७, बिहीबार मा प्रकाशित

तुलसीप्रसाद निरौला ,बिर्तामोड । विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षा सावधानी अपनाउन विश्व स्वास्थ्य संगठनले सवैलाई आग्रह गरिरहेको छ ।

 

तर, त्यसको पालना नगर्दा कोरोनाले आज भयावह रुप लिइरहेको छ । स्वास्थ्य सुरक्षा सावधानी नअपनाएकै कारण आज धेरैले मृत्युवरण गर्नु परिरहेको छ ।

कोरोनालाई सामान्य ठान्दा आज यो कहालिलाग्दो अवस्था सृजना भइरहेको भन्दै कोरोना भाइरसको संक्रमणबाट वच्न जनचेतना फैलाउने उद्देश्यले म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

सामाजिक अभियन्ता तथा गायक गणेश दुङ्गानाको शब्द ,संगीत र स्वर रहेको सानोतिनो गल्तीले लान्छ कोरोनाले ज्यान वोलको गीतको म्युजिक भिडियो अर्जुनधारामा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

अपाङ्ग वालशिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि रानाले सामाजिक अभियन्ता तथा गायक गणेश दुङ्गानाले समयसापेक्ष म्युजिक भिडियो ल्याएको वताउँदै कोरोना भाइरसको संक्रमणबाट वच्न सावधानी अपनाउन आग्रह गरे ।

कार्यक्रममा शिक्षासेवी लोकनाथ पौडेल, अर्जुनधारा –८ कि वडासदस्य सुशिला सुवेदी, निर्माण व्यवसायी शेरबहादुर थापा , गायक हस्त परियार, साहित्यकार भगवती ढुंगेल, वन्दी सहायता नेपालका पूर्वाञ्चल संयोजक जगतबहादुर रानामगरलगायतले गीतले सानोतिनो गल्तीले लान्छ कोरोनाले ज्यान भने झैं कोरोनालाई सामान्य नठान्न सवैलाई आग्रह गरे ।

कार्यक्रममा म्युजिक भिडियो निर्माणमा सहयोग पुर्याएको भन्दै निर्माण व्यवसायी शेरबहादुर थापा , तत्कालिन राहतका लागी सामाजिक अभियान संयोजक जगतबहादुर रानामगर , नेपाल लाइफ इन्स्योरेन्सकी एजेन्सी मेनेजर सुनिता धिमाललाई सम्मान गरिएको थियो ।

 

कार्यक्रममा सामाजिक अभियन्ता तथा गायक गणेश दुङ्गानाले कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा सावधानीलाई गीतको रुपमा प्रस्तुत गरेको वताए ।

उनले पछिल्लो समय मानिसले,भौतिक दूरी , सरसफाई ,स्वास्थ्य सुरक्षा सावधानी नअपनाउँदा कोरोनाको भाइरसको संक्रमणको दर वढीरहेकाले कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षा सावधानी अपनाउनु पर्छ भन्ने सन्देश दिन म्युजिक भिडियो निकालेको बताए ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनको अवधिमा राहतका लागी सामाजिक अभियान कार्यक्रम सञ्चालन गरी भोकभोकै वस्न वाध्य विपन्न वर्गका मानिसलाई खाद्यान्न , सुरक्षाकर्मीलाई पानी लगायत वितरण गरेको कार्यलाई म्युजिक भिडियोमा उतारेको उनले बताए ।

अनाथ तथा अपाङ्गता भएका बालबालिकाहरुको लागि आवास निर्माण गर्ने उद्धेश्यले प्लाष्टिकका वोतल संकलन गरिरहेको अभियानलाई समेत म्युजिक भिडियोमा उतारेको उनले वताए ।

म्युजिक भिडियोको विक्रीबाट आएको रकम अनाथ तथा अपाङ्गता भएका बालबालिकाहरुको लागि आवास निर्माणमा खर्च गर्ने उनले वताए ।

झापाको विर्तामोड , शनिश्चरे ,वुट्टावारी लगायतका स्थानमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा वाँसुरी वादक मातृका संग्रौलाको वाद्यवादन रहेको छ । म्युजिक भिडियोको प्रायोजन झापाली विल्डर्स कम्पनिले गरेको हो भने म्युजिक भिडियोको विमोचन अर्जुनधारा नगरपालिकाले गरेको हो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी रञ्जित परियारले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here