‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’

७ कार्तिक २०७७, शुक्रबार मा प्रकाशित

काठमाडौँ,

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले आम नागरिकको जीवनप्रति सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य जोशीले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी मुलुक र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मूल जिम्मेवारी बोकेको सरकार जनताले भोग्नुपर्ने पीडाप्रति उदासीन देखिएको बताउनुभयो ।

नेता जोशीले सात महिना लामो बन्दाबन्दी र निषेधाज्ञाका कारण आर्थिक क्षेत्रमा शिथिलता आएको र लाखौँ जनताको रोजगारी गुमेको अवस्थामा कोभिड–१९ को उपचारमा सरकारले हात झिक्नु बिडम्वनापूर्ण कुरा भएको बताउनुभयो ।

“क्वारेन्टिनको अवस्था दयनीय हुनु, पर्याप्त मात्रामा आइसोलेसन नहुनु, अस्पतालमा भेन्टिलेटरको अभावले जनताले जीवन गुमाउनुपर्ने, आम नागरिकले चिकित्सकको निगरानीमा उपचार पाउन नसक्नु दुःखद् कुरा हो”, नेता जोशीले भन्नुभयो ।

पूर्वउद्योगमन्त्री जोशीले भ्रष्टाचारका कारण राजनीति क्षेत्र कमजोर हुँदै गएको उल्लेख गर्नुभयो । सरकारको भूमिकाबाट लोकतान्त्रिक संविधान कमजोर हुँदै गएको उहाँको भनाइ छ । उहाँले आम नागरिकको रगत र पसिनाबाट आर्जित सङ्घीय लोकतान्त्रिक व्यवस्थामार्फत बनेको सरकारले लोकतान्त्रिक समाजवादका माध्यमबाट समृद्ध जनता र समुन्नत मुलुक निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here