सहारा नेपाल साकोसका अनुगमन अधिकृत बस्नेतको कोरोनाबाट मृत्यु

९ कार्तिक २०७७, आईतवार मा प्रकाशित

बिर्तामोड,  सहारा नेपाल साकोसका अनुगमन अधिकृत यादवकुमार बस्नेतको कोरोना भाइरसको सक्रमणबाट शनिवार मृत्यु भएको छ ।

 

 

कोरोना भाइरसको सक्रमण भएपछि एक सातादेखि उनी बिराटनगरस्थित बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचाररत् थिए । उनको उपचारका क्रममा शनिवार अपरान्ह ३ वजे मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उनको शनिवार नै कन्काई नदीमा नेपाली सेनाको टोलीले दाहसंस्कार गरेको थियो ।

झापा गौरादह–६ दामुनाका ३७ वर्षिय बस्नेत सहारा नेपाल साकोसको विराटनगर अनुगमन अधिकृत पदमा कार्यरत् थिए ।
सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले वस्नेतको निधनवाट सहारा नेपाल साकोसले एक निष्ठावान ,कर्तव्यनिष्ठ अधिकृत गुमाएको वताउँदै वस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनी नेपाल वार एसोसिएसन झापाका कोषाध्यक्ष , मानवअधिकारकर्मी , अधिवक्ता , नेपाल पत्रकार महासंघका प्रदेश पार्सद् अर्जुन बस्नेतका सरोदर भाई हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here