करेन्ट लागेर एकको मृत्यु

९ कार्तिक २०७७, आईतवार मा प्रकाशित

तेह्रथुम,तेह्रथुम आठराई –५ होडा बस्ने २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घर अगाडी रहेको बिजुलीको ट्रानसमिटरबाट आफुखुसी कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेर भुईमा खस्दा उनी वेहोस भएका थिए ।

वेहोस भएका बराईलीलाई उपचारार्थ लाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । मृतक बराईली सिराहा शेर गणमा कार्यरत् नेपाली सेनाको जवान रहेको खुल्न आएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here