तेह्रथुमको छथर शुक्रबारे बजारको घरपिच्छेका गमला

११ कार्तिक २०७७, मंगलवार मा प्रकाशित

 

तेह्रथुम, चिटिक्क परेका र नीलो रङले रंगिएका जस्तापाताका घरहरु । तेह्रथुमको छथर शुक्रबारे बजारको घरपिच्छेका गमलाको सौन्दर्यले सबैलाई आकर्षित गरिरहेको हुन्छ ।

हुन त फूलको सौन्दर्यताले कसलाई पो आकर्षित नगर्ला र रु घरैपिच्छे फूलले सजाएर राखिएका गमलाले सबैको मन मोहित बनाउने गरेको छ ।

विकासले खासै गति लिन नसकेपनि तेह्रथुमको यो बजार सुन्दर र चिटिक्कै देखिन थालेको छ । बजारको आहाल डाँडाटोलमा पुग्ने आगन्तुकहरुका लागि भने गमला स्टेनले थप आकर्षण गर्न थालेको छ ।

प्रत्येक घरका बार्दली, आँगन रंगिन फूलहरुले सजिएका छन् । स्टेनसहितको गमला व्यवस्थापनले यस बजारको सौन्दर्यता थपेको स्थानीय लोकेन लिम्बुको भनाइ छ ।

झट्टै हेर्दा फूलबारीझैं देखिने यो टोलमा पुग्ने जो कोहीको नजर गमलामा ढकमक्क फुलेको फूलमा नै पुग्ने गर्दछ । फोहोर व्यवस्थापनका लागिसमेत प्रत्येक घरमा डस्बिन राखिएका छन् ।

टोल विकास समितिको पहलमा वडा कार्यालयको सहयोगमा गमला स्टेन निर्माण गरी गमला व्यवस्थापन गरेपछि यो बजार नमुना बजारको रुपमा विकसित हुँदै गएको छ ।

विकासको पूर्वाधारसँगै गाउँ(टोल र बजारको सौन्दर्यता महत्वपूर्ण हुने भएकाले गाउँपालिकाले प्रत्येक घरमा सफाइ र सौन्दर्यता राख्न ‘घरैपिच्छे गमला’ कार्यक्रम लागू गरेको हो । यहाँ पुग्ने जो कोहीलाई फूलले स्वागत गरेझैं देखिन्छ ।

बजार केन्द्रमा रहेको यो टोलमा भौतिक संरचनाका साथै सरसफाइमा अगाडि रहेको र गमला स्टेन निर्माण योजना ल्याइएको छथर(२ का वडाध्यक्ष कुलबहादुर कार्कीले बताउनुभयो ।

बजार क्षेत्रमा निर्माण गरेर राखिएका गमला स्टेन र गमलामा फुलेका फूलहरुको सौन्दर्यताले पर्यटकहरुको मन प्रफुल्ल हुने गरेको छ ।

त्यसैलेपनि यो टोल र वडाले ल्याएको यस्तो अवधारणा अन्य टोल विकास समितिहरुले पनि लागू गर्नसके टोल र बजार नै सुन्दर हुने थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here