राप्रपाका सांसद राजेन्द्र लिङ्देनले झापाका अस्पतालहरूको अनुगमन गर्ने

१२ कार्तिक २०७७, बुधबार मा प्रकाशित

झापा,

राप्रपाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका झापाका सांसद राजेन्द्र लिङ्देन झापाका अस्पतालहरूको अनुगमनमा निस्कने भएका छन् ।

कोरोना कहरबीच सामान्य र दीर्घरोगका बिरामीहरूले समेत उपचार नपाई ज्यान गुमाउनु पर्ने अवस्था आइरहेको भन्दै लिङ्देनले कार्तिक १३ देखि अस्पतालहरूको अनुगमनमा जान लागेको बताएका छन् ।

सांसद लिङ्देनले सामाजिक सञ्जालमार्फत जनताको प्रतिनिधि भएर जनताले पाइरहेको दुःख हेरेर बस्न नसक्ने भन्दै झापाका मुख्य अस्पतालहरूको अनुगमन गर्ने उल्लेख गरेका छन् ।

अस्पतालहरूका व्यवहारप्रति गम्भीर बन्न तीन वटै तहको सरकार, सरोकारवाला निकायको उनले ध्यानाकर्षणसमेत गराएका छन् । उनी संसद्को विकास तथा प्रविधिसमितिका सदस्य समेत रहेका छन् ।

लिङ्देनले अनुगमनका क्रममा पाएका विषयलाई सरकारसम्म पुर्‍याउने पनि योजना बनाएको बताएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here