चन्दा असुल्ने विप्लव समूहका पूर्वी कमान्ड कमिसनर हतियारसहित पक्राउ

१३ कार्तिक २०७७, बिहीबार मा प्रकाशित

काठमाडौं,

प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका पूर्वी कमान्ड अन्तर्गतका कम्पनी कमिसनारसहित दुई जनालाई पक्राउ गरेको छ।

मोरङ मिक्लाजुङ गाउँपालिका वडा १ बाट सनम भनिने कर्ण राई र प्रतीक भनिने काशीनाथ घिमिरेलाई हतियारसहित पक्राउ गरेको हो।

मिक्लाजुङका स्थानीयसँग चन्दा असुल गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक सन्तोष खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनीहरुको साथबाट हातहतियार, बिष्फोटक पदार्थ, विप्लव समूहको दस्तावेज र वन्दोवस्तीका सामानहरुसमेत नियन्त्रणमा लिएको छ।

घिमिरे नेकपा विप्लव समूहको पूर्वी कमाण्ड मेची-कोशी ब्यूरो चौथो कम्पनीका कम्पनी कमिसनर (पूर्व सप्तरी जिल्ला सेक्रेटरी) र राई पार्टीको साधरण सदस्य रहेको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here