वीरता जेसीजका भूतपूर्व अध्यक्ष शेखर ढकाललाई मातृशोक

१३ कार्तिक २०७७, बिहीबार मा प्रकाशित

बिर्तामोड ,  वीरता जेसीजका भूतपूर्व अध्यक्ष  शेखर ढकाललाई मातृशोक परेको छ ।

ढकालकी आमा बिर्तामोड –१ निवासी तुलसादेवी ढकालको ८१ वर्षको उमेरमा विहीवार विहान ३ वजे निधन भएको हो ।

ढकालका दुई जना छोरा र एक जना छोरी , चार जना नाती, दुई जना नातिनी, दुई जना पनाती र एक जना पनातीनि रहेका छन् । उनको श्रीमान् नारायणप्रसाद ढकाल र छोरी विमला ढकालको यस अघि नै निधन भइसकेको छ ।

हाल स्व. ढकालका दुई जना छोरा –वुहारीहरुमा शेखर – आशा ढकाल र कृष्णप्रसाद – चन्द्रा ढकाल रहेका छन् ।
स्व. ढकालका छोरामध्ये शेखर साहित्य चौतारी विर्तामोड झापाका संस्थापक उपाध्यक्ष ,पाथीभरा ट्राभल्सका सञ्चालक , मेगा वर्किङ हेण्ड्सका अध्यक्ष , विर्तामोड उद्योग वाणिज्य संघका पूर्व सहसचिव रहेका छन् भने रेडक्रस , परिवार नियोजन संघ लगायत विभिन्न संस्थाका आजीवन सदस्य रहेका छन् ।

स्व. ढकालको विहीवार कनकाई आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारीक श्रोतले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here