नेपाली सेनाको ऐतिहासिक पृष्टभूमि र संलग्नता

१४ कार्तिक २०७७, शुक्रबार मा प्रकाशित

वेणुप्रसाद अधिकारी, 

पृष्टभूमि:-

नेपाली सेनाको इतिहासलाई केलाउँदा कहिलेदेखि आरम्भ भएको हो भनी एक्किनका साथ खुल्न आएको छैन | तथापि विभिन्न कालखन्डमा भएका र गरिएका खोज तथा अनुसन्धानबाट यसको इतिहासलाई प्रस्ट्याउने काम भएको छ | नेपालको गौरवशाली संगठन मध्येको एक संगठन नेपाली सेना एसियाकै सबै भन्दा पूरानो संस्था हो | देशको इतिहाससंगै नेपाली सेनाको इतिहास थालनी भएको पाइन्छ |

प्राचीन कालका ३ प्रकारका सेनाहरुमा मध्यकालसम्म आईपुग्दा राजनैतिक तथा शैक्षिक परिवर्तनसंगै स्थायी सट्टामा जनसहभागिताको आधारमा एक राज्यको युवाहरुलाई आवश्यकता अनुसार परिचालन गर्ने प्रथा देखापरेको थियो | यस कालमा स्थायी सेना नराखी जनसहभागिताको आधारमा राज्यको सुरक्षा गर्ने काम हुन्थ्यो | युवाहरुलाई तात्कालिन हतियारहरु भाला,तरवार,खुकुरी,खुँडा,धनुष वाण आदिको प्रयोग गर्ने तालिम दिने गरिएको थियो |हतियार नहुनेहरुलाई मन्दिर र गुठीहरुमा भएका हतियारहरु दिएर तालिम दिलाइथ्यो |

यस कालमा आपसी राज परिवारको कलह,सामन्तहरुको विद्रोह,विभाजित राज्यहरु विचको युद्धहरु र विदेशी आकर्मणले गर्दा सैनिक संगठनलाई अझ बढी दह्रो बनाईएको थियो | यसपछी आएर मुलुकमा सेनाको संगठन आवश्यक देखेर तत्कालिन राजा पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्न एक स्थायी सेना संगठनको निर्माण गरि गोर्खाली सैनिकको स्थापना गरेका थिए | यसै वेलादेखी नेपालमा संस्थागत रुपमा सेनाको स्थापना भएको मानिन्छ |

विषय प्रवेश:-

नेपाली सेनाको इतिहासका विषयमा प्रत्याउनु पर्दा युग कालिन इतिहासबाट नै स्पष्ट हुन् उचित ठानिएको छ | यसलाई युगकालिन समयको पावन्दिमा रहेर यहाँ चर्चा-परिचर्चा गरिएको छ | प्राचिन नेपाली सेनामा पैदल,घोडचडी र हात्तीहरु मात्र थिए | पाचौ सताव्धिमा पश्चिममा गण्डकी पारिका विद्रोही सामन्तहरुलाई दबाउन पैदल र हात्ती सेनाहरु प्रयोग गरेको पाइन्छ भने आठौँ सताव्धिमा आएर नेपाली घोडचडी फौजले उत्तर भारतमा आफ्नो वेजोड पुरुषार्थ देखाएका थिए |

कुनै समयमा युद्धमा नेपाली सेना(आयो गोर्खाली)भनि अघि बढ्दा कुन शत्रुको मुटु कम्पन हुँदैन थियो होला र | यो नेपाली सेनाको इतिहासको वास्तविकता र गौरव हो | नेपाली सेनाले सरकारको आदेस पालना गरि उनीहरु राष्ट्रप्रति लगनशिल,वफादार,राष्ट्रभक्त र कर्तव्य परायण भई यिनले उच्चतम यश र कृति कमाएका छन् | सेना स्थापनाको विषयलाई लिएर धेरैको भिन्न-भिन्न मतमतान्तर्ण भएता पनि धेरैको एकै धारणा रहेको पाइन्छ | विशेष त नेपालमा सेनाको इतिहास गोरखाका राजा पृथ्वी नारायण शाहको नेतृत्वमा नेपाल एकीकरण गर्ने अभियान सुरु भए पश्चात स्थायी सेनाको आवश्यकता महसुस भएको देखिन्छ |

इतिहासविद डा.प्रेमसिंह बस्न्यातका अनुसार वि.सं.१६१६ मा गोरखा राज्यको स्थापनासंगै नेपाली सेनाको स्थापना भएको बताएका छन् | बलियो सैनिक संगठनविना एकीकरण सम्भव हुदैन भन्ने भए पछी पृथ्वी नारायण शाहले सैनिक संरचना विकासका लागि बाह्य देशबाट हतियार र प्रविधि भित्र्याई गोरखाली सेनाका रुपमा गोरखामा सेना संगठित गरियो | त्यसताका अर्थात वि.सं.१८१९मा पृथ्वी नारायण शाहले ५ कम्पनीहरु(श्रीनाथ,पूरानो गोरख,काली वक्स,वार्दवाणी,र सवुज) स्थापना गरेका थिए | यो काम नेपाली सैनिक इतिहासमा विभिन्न पक्षबाट कोशेढुंगा सावित भएको छ |

वि.सं. १५५९मा भगिरथ पन्तको नेतृत्वमा खडा भएको गोर्खाली सेनाले परम्परागत रुपमा सैनिक व्यवस्था कायमगरी आएको २०३वर्ष पछिमात्र नेपाली(गोरखाली)सेनामा पहिलो पटक पाश्चात्य पाराको एक सय नाल हतियार सहितको सय जना रहने गरि कम्पनि खडा भएको थियो |जनसहभागितामा खडा गरिएको सेना भन्दा स्थायी रुपमा खडा गरिएको सेना बढी प्रतिभाशाली र प्रभावशाली देखिन थाले पछी सोहि नीति अनुरुप कान्तिपुरका राजा जयप्रकाश मल्ल र गोरखाका राजा पृथ्वी नारायण शाहले यो नीति अवलम्वन गरेका थिए |

सन् १७४४ मा गोर्खाली फौजले नुवाकोट तथा छिमेकी राज्य कान्तिपुरमाथि कव्जा गरे पछी गोर्खाली फौजलाई शाही नेपाली सेनाका रुपमा चिनिन थालियो |उनीहरुको वीरता,स्वामी भक्ति र साधारणपनाबाट शत्रु पनि प्रभावित हुन् पुगे | यसैको फलस्वरुप व्रिटिस इन्डिया कम्पनीले आफ्नो सेनामा नेपाली गोर्खाली सेनाको भर्ति सुरु गर्यो र अहिलेसम्म पनि गोर्खाली सेनाले नै चिनिदै आएकाछन |उनीहरु यिनलाई ग्रुखाज भन्दछन् | भारत र व्रिटेनमा रहेका गोरखाली सेना बिदेशी सैनिक संगठनका हिस्सा हुन् ,जसमा नेपाली युवालाई भक्ति गरिन्छ |जुन १७४४देखि स्वतन्त्र,सार्वभौम,रहिरहेको छ ,जहाँ कहिले पनि औपनिवेशिक शक्तिलाई छिर्न नदिनु नेपाली सेनाको सबै भन्दा ठूलो सफलता हो | सन् १९६५ को भारत-पाकिस्थान युद्ध फकल्यान्डको रणभूमि इराक तथा अफगानिस्थानको युद्धमा समेत नेपाली सेनाले सह्रानीय भूमिका खेलेका थिए |यिनले नेपालीलाई वीर गोरखालीको नामले विश्वमा चिनाएका छन् |व्रिटिस गोरखा फौजबाट विभिन्न युद्धमा अतुलनीय साहस र बाहादुरी प्रर्दशन गरेको हुँदा व्रिटिस समराज्यले अति गौरवमय तक्मा भिक्टोरिया क्रस प्रधान गरेका थिए |नेपाली सेना दक्षिण एसियाकै सबै भन्दा पूरानो सेना हो |

यसका संस्थापक पृथ्वी नारायण शाह हुन् | महाशिवरात्रि पर्वको दिन यिनकै कमाण्डरमा पहिलो सैनिक संरचना बनेको इतिहास छ | आजसम्म पनि यही दिनलाई आफ्नो स्थापनाको दिन मानेर नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाउदै आएको छ | हाल नेपालमा झन्डै एक लाखको हाराहारीमा सेनाको संख्या पुगेको छ |माओवादी द्वन्द कालमा विद्रोहको सुरुवात भए पश्चात केहि जनशक्ति नेपाली सेना तथा नेपाली प्रहरीका लागि नेपाल सशस्त्र प्रहरी बल बनाइएको थियो |

केहि सेना नेपाल सशस्त्र वन संरक्षकको फोर्समा समेत जाने गरेका छन् |यसको प्रधान कार्यालय(नेपाली जंगी अड्डा)काठमाण्डौको भद्रकालीमा रहेको छ |यसका पृतना कार्यालयहरु इटहरी,हेटौडा,उपत्यकामा सिंहदरवार,पोखरा,दिपायल, र सुर्खेतमा रहेका छन् |त्यसैगरी नेपाली सेनाका गण,वाहिनी र गुल्महरु देशका विभिन्न भागहरुमा रहेका छन् |नेपाली सेनाको संचालन तथा सुरूवात तत्कालिन पृथ्वी नारायण शाह हुदै ११ औ पुस्ताका राजा ज्ञानेन्द्र शाहको पालामा राजतन्त्रको अन्त्य भए संगै सेना पनि राजाबाट जनताको नियत्रणमा आएको मानिन्छ | बाह्य तथा आन्तरिक द्वन्द वाहेक नेपाली सेनाले विकास निर्माण,राष्ट्रिय संपतिको सुरक्षा र विपतिमा उद्धारको काम समेत गदै आएका छन् |

आन्तरिक र वाह्य युद्वमा नेपाली सेना :-

आन्तरिक र वाह्य रुपमा नेपाली सेनाले धेरै युद्धहरु लड्दै आएका कयौं इतिहासहरु हाम्रा सामु प्रष्ट रुपमा देखापरेका छन् |चाहे आन्तरिक या वाह्य नै किन नहुन यी युद्धमा नेपाली सेनाले देखाएको वीरता र बहादुरीको सबैका मुक्त कण्ठबाट खुलेर नै प्रसंशा गर्नु पर्दछ |

राष्ट्रको वैभव,गौरव र साहस नेपाली सेनाको भौतिक पहिचाहन हो |नेपाल राष्ट्रको अखण्डता स्वाधिनता र सार्वभौम नेपाली जनताको आस्थाको पहिचाहन र धरोहरको रुपमा कायम राख्न नेपाली सेना अहोरात्र खटिरहेको छ |नेपाली सेना बहुआयामि भएकाले यिनले देश सुरक्षादेखि लीएर अन्य विकास निर्माणका काममा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकाछन् |

देश रक्षाका लागि लादिएका युद्धहरु :- देश रक्षाका लागि १७६३ मा मिरकाशिम विरुद्ध मकावान्पुरको युद्ध लडेका थिए| त्यसबेला मकावानापुर गडी नेपालका लागि सदैव रणनीतिक महत्वको स्थान थियो |उक्त युद्दमा नेपाली सेनाले मिरकाशिमका फौजबाट ५ सय भन्दा बढी राइफल,२ तोप हात पारेर ४ वटा गुल्म बनाएको थियो |

त्यसपछि सेनाले त्यहाँ गोरखा गुल्म समेत खडा गर्न सफल भयो|नेपाली सेनाले बनाएको यहीं पहिलो संगठनबाट नै विदेशी सेनासंग लड्ने अवसर प्राप्त भयो |

कप्तान किनलोक विरुद्ध पौवागडीको युद्ध(वि.सं.१८२०):-कान्तिपुरका राजा जयप्रकाश मल्ल एकिकरण गर्दै अगाडी बढिरहेको गोरखाली शक्ति विरुद्ध उनलाई सहयोग गर्ने बिदेशी शक्तिको खोजीमा थिए |यसै बखत (सन् १८१४ देखि १८१६ सम्म)नेपाल अंग्रेज युद्ध त्यसबेलाको नेपाल अधिराज्य र इष्ट इन्डिया कंपनीबीच भएको थियो |

जुनबेला नेपाल अंग्रेजविच सुगौली सन्धि भएको थियो | त्यसबेला नेपालले आफ्नो एक तिहाई भू:भाग बेलायतलाई सुम्पनु परेको थियो| यस युद्वलाई एङग्लो-नेपाल युद्ध(१८१४-१६)पनि भनिन्छ | यस युद्धमा नेपालमाथि व्रिटिस इष्ट इन्डिया कम्पनी सरकारले मोरंग,मकवानपुर,वुटवल,अल्मोडा,कुमाऊ,नाहन,जैथक,मलाऊ,देउथल,तथा नालापानीमा आक्रमण गरेका थिए |

नेपालको तर्फबाट यस युद्धमा अमरसिंह थापा,काजि बलभद्र कुँवर,सरदार भक्ति थापा,काजि उजिरसिंह थापा,काजि वंशराज गुरुङहरुले लडेको युद्धको अंग्रेजले पनि उनीहरुको वीरताको तारिफ गरेका थिए |

पहिलो नेपाल तिव्वत युद्ध :- तिव्वत नेपालका लागि ऐतिहासिक कालदेखि नै राम्रो बजार थियो |नेपाली व्यापारीले तिव्वतसंग राम्रो व्यापारिक सम्बन्ध राखेका थिए |दुवै देशका सिक्का दुवैतिर बराबरी चल्दथ्यो |

तर, पछी मल्ल राजाहरुले काठमाण्डौ एकीकरण गरेपछि तिव्वतले शुद्ध चाँदीको सिक्का नपठाएर मिसावटि सिक्का पठाउन थालेका थिए |सन् १८८८ मा राजेन्द्र लक्ष्मीले समस्या समाधानका लागि स्यामर्पा लामा र उनका १४ चेलालाई नेपालमा सरण दिनु पर्ने भएपछी यो घटना घट्न गएको थियो |

नेपालमा तिव्वतबाट नुन आउने गर्दथ्यो |तर कमसल नुन आउन थालेपछि नेपालले दिएको चेतावनीको वेवस्ता गरेपछि नेपालीहरुले तिव्वतका थुप्रै ठाउँहरुमा आक्रमण गरेका थिए |

अन्तिम नेपाल चिन युद्ध:- प्रधान मन्त्रिको रोलक्रम बनाउने राणा प्रधान मन्त्रि जंगबहादुर राणाको उदयपछि नेपालमा राजनीतिक स्थायित्वको अवस्था आएको थियो |

उनि शक्तिमा आएपछि निरन्तररुपमा सेना विस्तार र विकासमा लागिरहे |उनि मानसिकरुपमै तिव्वतसित युद्ध गर्ने लडाइका लागि तयारि गर्न थाले |दोश्रो नेपाल चिन युद्ध पछी भएको वेत्रावती सन्धि अपमानपूर्ण र अहितकारी भएकाले उनि राष्ट्रिय गौरव फर्काउन चाहन्थ्ये| चिन र व्रिटेनमा सेना राख्न सफल भएपछी १४ हजार सेना भर्ति गर्न उनि सफल भएका थिए | यो युद्ध गुन्तागढ़ी केरुङमा भएको थियो | यस युद्धमा नेपाल विजयी भई थापाथली सन्धि भएको थियो |

वाह्य युद्धहरुमा वि.सं.१९१० तिर भारतीय हिपाही विद्रोह दमन,वि.सं.१९७१-१९७५ सम्म प्रथम विश्व युद्ध,वजरी स्थानको लडाई,वि.सं.१९७३ मा अफगान युद्ध अंग्रेज पक्षमा,वि.सं.१७९७-२००१सम्म दोस्रो विश्व युद्ध,वि.सं.२००५ मा हैदरावाद समनमा लडाई र वि.सं.२०१५ मा संयुक्त राष्ट्र संघिय शान्ति सेनामा नेपाली सेनाहरुको संलग्नता रहेको थियो| यी युद्धका अलावा आन्तरिक रुपमा वि.सं.२०३१ सालमा मुस्ताङमा खम्पा विद्रोह र वि.सं.२०५० देखि २०६२ सालसम्मको माओवादी  विद्रोह नियन्त्रण गर्न नेपाली सेनाले देखाएको भूमिका पनि त्यतिकै महत्वपूर्ण छ|

शान्ति सेनामा नेपाली सेना :- विश्वका धेरै राष्ट्रहरुमा नेपाली सेनाले आफ्नो युद्ध कौशललाई प्रदशन गर्ने थुप्रै अवसरहरु प्राप्त गरेका छन् |विश्वका ११ मुलुका १४ वटा मिसनमा ५ हजार भन्दा बढी नेपाली सेनाहरु खटिरहेका छन् |लगभग २३ हजारको हाराहारीमा संसारका विभिन्न द्वन्द ग्रस्त तथा युद्व भएका ४२ वटा मिसनमा नेपाली सेनाहरुको सहभागिता रहेको छ |नेपाली सेनाले विश्व शान्तिका लागि विशिष्ट योगदान पुर्याइरहेका छन् |विश्व शान्ति सैनिक पठाउने मुलुकहरुको सूचिमा नेपाल पाचौ वरियतामा रहेको छ |सन् १९५८ देखि नेपाली सेनाले संयुक्त राष्ट्र संघिय शान्ति स्थापना कार्यमा निरन्तर सहभागिता र योगदान पुर्याउदै आएको छ |

विकास निर्माणमा नेपाली सेना :- नेपाली सेनाले विगत केहि बर्ष अघिदेखि नै विकास निर्माणका कामहरुमध्ये खासगरी सडक निर्माणका कामहरु गर्दै आएको छ |नेपालको संविधान २०७२ को धारा २६७ को उपधारा ४ मा नेपाली सेनालाई विकास निर्माण र विपद व्यवस्थापनमा पनि लगाउन सक्ने भन्ने उल्लेख भएको छ | यसै क्रममा नेपाली सेनाले २७ वटा सडक र ३० वटा पुल निर्माण गर्न आयोजनाको काम जिम्मा लिई काम गर्दै आएको छ| नेपाली सेनाले सडक निर्माणका क्रममा काठमाण्डौ तराई द्रुत मार्ग(७६.२ कि.मि.),कर्णाली करिडोर(१९६ कि.मि.),जाजरकोट डोल्पा सडक(११८ कि.मि.),काली गण्डकी करिडोर(७६ कि.मि.),वेनीघाट,आरुघाट,लार्के भन्ज्याङ(११८ कि.मि.) आदि सडकहरु निर्माण गरिरहेकेको छ|जनतासंग सम्बन्ध प्रगाढ बनाउने उदेश्यले नेपाली सेनाले रोल्पामा विकास निर्माणको काममा स्थानीय वासीको सहकार्यमा सक्रिय सहभागिता जनाएको छ|यो एउटा नेपाली सेनाको जनतासंगको सक्रिय सहभागिताको प्रतिनिधि विकास निर्माणको उदाहण हो|विकास निर्माणका लागि झन्डै १ हजार सेना परिचालन गरिएको छ |

बिपद व्यावस्थापनमा नेपाली सेना :-कुनै स्थानमा आपत कालिन व्यवस्था सिर्जना भई धनजनकोक्षतिका साथै जीवन यापन र वातावारणमा प्रतिकुल असर पर्ने प्राकृतिक गैह्रप्राकृतिक विपद संझनु पर्छ |विपदा व्यवस्थापन भन्नाले विपद जोखिम न्यूनीकरण,विपद प्रतिकार्य र विपद पुनर्लाभसंग सम्बन्धित सम्पूर्ण क्रियाकलाप सम्झनु पर्दछ | विगतदेखि नै नेपाली सेनाले विपद व्यवस्थापनमा सक्रिय भूमिका निभाउदै आएको छ |

नेपालमा घटेका भू-कम्पनका कारण  सृजित बिपदका घडीमा नेपाली सेना अग्रहारमा रहेर उद्धार कार्यमा सरिक रहेका कयौ ज्वालंत उदाहरणहरु हाम्रा सामु स्पष्ट नै छन् |खासगरी वि.सं.१९९०,२०४५,२०७२ का बेला आएको भूकम्पमा नेपाली सेनाको उद्धार कार्यमा अहम भूमिका रहनुका साथै अग्र पंतिमा सक्रिय सहभागिता रहेको छ|यसैगरि अन्य विपद व्यवस्थापनमा हावाहुरी,बाढी,पैरो,आगलागि आदि इत्यादिमा पनि नेपाली सेना उद्धार कार्यमा अग्र पंतिमा नै छ |विपद व्यवस्थापनमा गैह्र प्राकृतिक र प्राकृतिक बिपदहरु पर्दछन |

नेपालको सन्दर्भमा विपद व्यवस्थानको कानुन दैविक प्रकोप ऐन २०३९ नै मुख्य प्रावधान हो |यसैमा आधारित रहेर नेपाली सेनाले देशभित्र घटेका दैविक प्रकोपमा सह्रानीय र उल्लेखनिय भूमिका निर्वाह गर्दै आएकोछ | नेपाल भूकम्प र बाढीबाट बढी क्षति पुग्ने देशहरुमध्ये विश्वमा क्रमस:११ औ र ३० औ स्थानमा पर्दछा |

निष्कर्ष :-

नेपालको इतिहासलाई मनन र अध्ययन गर्दा प्राचिन कालदेखि नै राज्यको सुरक्षार्थ खटिने सशस्त्र सहितको जनशक्ति नै सैनिक शक्ति हो भन्ने धारणाको विकास हुदै आएको छ |यही मान्यतामा आधारित रही मल्ल,लिच्छवी,किरात,शाह वंशका राज्यहरुमा पनि यी जनशक्तिले राज्यको सुरक्षामा डटेर अघि बढेको इतिहास छ | गोरखाली सेना नै शाही सेना हुँदै हालको नेपाली सेनामा रुपान्तरित भएको हो |

यो संगठनले देश तथा विदेशमा समेत ख्याती प्राप्त गरेको छ |यहि ख्यातीका कारण आज पनि गोर्खालीहरु भारत,वेलायत, लगायत अन्य देशहरुमा समेत सेनामा भर्ति भएका छन् |विश्वमा नेपाली सेनाको वीरता र बाहादुरिका कारण विश्वमा नेपाल र नेपालीलाई चिनाउने काम गरेका छन् | सेनाको इतिहासको युग भनेर भन्नु पर्दा वि.सं.१६१६मा लिगलिगकोटको राज्यमा संगठित सेनालाई स्मरण गर्नु पर्दछ |वि.सं.१७९९लाई मध्यकाल र वि.सं.१८०० देखि यताको समय आधुनिक कालिन इतिहासमा पर्दछन् | नेपालभित्र टुक्रिएका राज्यहरु मध्ये सबै भन्दा कान्छो राज्य हो,गोरखा |यो राज्यको स्थापना वि.सं.१६१६ भाद्र २५ गते स्थापना भएको थियो |

यही राज्य स्थापना भएकै बर्ष हालको नेपाली सेनाको स्थापना भएको इतिहासकारहरुको दावी रहेको देखिन्छ|वि.सं.१६१६ मा लिगलिगकोट राजा द्रव्य शाहले भगिरथ पन्तलाई पहिलो सेनापति बनाई खडा गरेका थिए | यो नै संस्थागत रुपमा सैनिक दलबाट नेपाली सेनाको सुरुवात भएको मानिन्छ |पृथ्वी नारायण शाहको तिलगंगा ,नुवाकोटपछी बनेको गोर्खाली सेना प्रधान मन्त्रि चन्द्र समशेर राणाका पालामा नेपाली सेना,राजा महेन्द्रका पालामा शाही सेना,राजा वीरेन्द्रका पालामा शाही नेपाली सेना हुदै वि.सं.२०६२/२०६३ को जनआन्दोलनदेखी नेपाली सेनाले हालसम्म चिनिदै आएकोछ | समय सापेक्षित यो संगठनले आफूलाई परिवर्तन गरि आजको नेपाली सेना बन्न पुगेको छ |नेपाली सेना बरु प्राण अर्पण गर्न तयार हुन्छ तर कहिल्यै पछी हट्दैन |नेपाली सेनाले वि.सं.१६१६ देखि अहिलेसम्म आइपुग्दा ४ सय ६० बर्षको लामो वीरताको गाथा बोकेको छ |

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here