सुकुम्वासीका अगुवा नेता डिवी सुब्बाको निधन

0
610

झापा ।

सुकुम्वासीका अगुवा नेता डिवी सुब्बाको निधन भएको छ । नेपाल कम्यूनिष्ट पार्टी सम्बद्ध जनवर्गीय संगठन सुकुम्बासीका अगुवा दमक ७ निवासी ६८ बर्षिय डिवी सुब्बाको निधन भएको हो ।

उच्चरक्तचाप, सुगरसंगै मुटुरोगी सुव्वाको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि विराटनगरतर्फ लैजादा गर्दा साँझ वाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी पार्टीकै ज्येष्ठ कम्यूनिष्ट मञ्चका जिल्ला सदस्य समेत थिए । त्तत्कालीन माओवादी सम्बद्ध सुकुम्बासी संगठनमा लामो समयदेखि सुकुम्बासीको पक्षमा वकालत गरिआएका थिए ।

राजनीतिसंगै उनले लिम्बु जातिका छाता संस्था किरात याक्थुङ चुम्लुङ झापाको जिल्ला सदस्य समेत रहेर काम गरेका थिए । उनका एक श्रीमतीसहित एक छोरा र तीन छोरी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here