ट्रिपर दुर्घटना चालकको मृत्यु

0
1206

संखुवासभा ।

संखुवासभाको मकालु गाउँपालिका–५ मा भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

उक्त स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजनाका कार्यरत सिमरा जितपुर उप–महानगरपालिका बस्ने ३६ बर्षीय समबहादुर योन्जन तामाङको मृत्यु भएको हो ।

फाक्सिन्दा दोभानबाट बालुवा लिई फर्कदै गरेको ना ८ ख ४९९५ नम्बरको टिपर अचानक दुर्घटना भई रोड देखि करिव ४०० मिटर तल अरुण नदिको किनारामा खस्दा टिपर चालक तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here