कोरोना संक्रमण बढेसँगै भद्रपुरका सबै विद्यालय मङ्सिर २ गतेसम्म बन्द

१८ कार्तिक २०७७, मंगलवार मा प्रकाशित

भद्रपुर ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भद्रपुर नगरभित्र सञ्चालनमा आएको सबै विद्यालय बन्द गरिएको छ ।

नगर शिक्षा, युवा तथा खेलकुद शाखाले सोमबार एक सूचना जारी गर्दै आगामी मङ्सिर २ गतेसम्म नगरभित्रका सामुदायिक तथा निजी विद्यालय बन्द राख्न निर्देशन दिएको छ ।

विद्यालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिम विद्यालयमा समूहगत रुपमा विद्यार्थीलाई उपस्थिति गराई वा वैकल्पिक सिकाई केन्द्रमा प्रत्यक्ष उपस्थितिमा सिकाई सहजीकरण सञ्चालन भइरहेकोको पठनपाठन स्थगित गराउन जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

साथै वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका बमोजिम अनलाइन कक्षा सञ्चालन र कक्षा ११ को परीक्षण सञ्चालन गर्न कार्यतालिका सार्वजनिक भइसकेकाले विद्यालयले सोही बमोजिम गर्न सूचनामा भनिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here