कृषि उपज बजार पुरस्कृत

0
671

बिर्तामोड ।

संघीय कृषि मन्त्रालयबाट विश्व खाद्य दिवसका अवसरमा बिर्तामोडस्थित कृषिथोक बजार पुरस्कृत भएको छ ।

कृषि उपज बजारस्थल यस वर्ष देशको दोस्रो उत्कृष्ट बजारको रुपमा पुरस्कृत भएको हो । त्यस्तै उत्कृष्ट व्यवसायीका रुपमा खगेन्द्र महत्तो पुरस्कृत भएका छन् । उनी बिर्तामोडका व्यवसायी हुन् । महत्तो पनि उत्कृष्ट दोस्रो व्यक्तिका रुपमा पुरस्कृत भएका हुन् ।

कृषि उपजबजारतर्फ पहिलो स्थान धरानले हासिल गरेको छ । प्रत्येक वर्ष विश्व खाद्य दिवस अक्टोबर १६का अवसरमा गरिने कार्यक्रममा देशभरिका १० वटा कृषि उपज बजारस्थलहरूको प्रतिस्पर्धामा बिर्तामोड दोस्रो भएको हो । प्रत्येक वर्ष नेपालभरिका कृषिथोक बजारमध्ये उत्कृष्ट बजारको रूपमा यो पुरस्कार वितरण गरिन्छ ।

यसभन्दा अघि वि.सं. २०६०÷०६६ सालमा बिर्तामोडले प्रथम स्थान हासिल गरेको थियो । यसअघि बिर्तामोडका तिलबहादुर विष्ट देशकै उत्कृष्ट व्यवसायी घोषित भएका थिए । बिर्तामोडको कृषि उपज बजारस्थलले देशभरिकै दोस्रो भई तेस्रोपटक उत्कृष्ट पुरस्कार पाउन सफल भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here