नगरप्रमुख आचार्यको पीसीआर रिपोर्ट नेगेटिभ

0
835

शिलीगुडी ।

भारतको शिलीगुडीस्थित किन्स अस्पतालमा उपचारकालागि भर्ना हुनुभएका मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

उहाँको केहीदिनअघिमात्र पीसीआर परीक्षणका लागि अस्पतालले थ्रोड स्वाव नमूना संकलन गरेको थियो । मंगलबार प्राप्त रिपोर्ट नेगेटिभ आएको बताईएको छ ।

उहाँको फोक्सो र छातीको सिट स्क्यान गरिएको र त्यसको रिपोर्टमा संक्रमण कम देखिएको क्रमस सुधार आएको अस्पतालले जनाएको छ । असोज २८ गते झापाको कन्काई नगरपालिकास्थित कन्काई कोभिड प्रयोगशालामा पिसीआर परीक्षण गर्दा पोजेटिभ आएको थियो । त्यस लगत्तै नगरप्रमुख आचार्य व्यवस्थितरूपमा होम आईसोलेसनमा बस्नुभएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो ।

तर्, उहाँको थप स्वास्थ परीक्षण गर्नुपर्ने भएकाले कात्तिक ४ गते विराटनगरस्थित नोवल मेडिकल कलेजमा भर्ना गरिएको थियो । विराटनगरमा सोचे अनुसार स्वास्थ्यमा सुधार नआएपछि एकसातासम्म नोवल मेडिकल कलेजमा राखेर कात्तिक ११ गते पश्चिम बंगालको शिलीगुडीस्थित हिलकार्ट रोडमा रहेको किन्स अस्पतालमा उपचारकालागि भर्ना गरिएको नगरप्रमुख आचार्य पत्नी गीता प्रसाईं आचार्यले जानकारी दिनुभयो ।

मंगलवार मेचीनगर नगरपालिका वडानम्वर ४ का वडाध्यक्ष नवीन वराल, नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेती स्थानीय प्रशासन प्रमुखसहितको टोलीले अस्पताल पुगेर नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको थियो ।

ूअहिले मलाई धेरै राम्रो छ , डक्टरले एकसातापछि डिस्चार्ज गर्ने संकेत गर्नुभएको छ– नगरप्रमुख आचार्यले भन्नुभयो–अहिले छाती र फोक्सोमा संक्रमण रहेछ क्रमस सुधार हुने चिकित्सकले बताएका छन्। अस्पतालले आफ्नो उपचारमा कुनै कुराको कमि हुन नदिएको उहाँको भनाई छ ।

उहाँको डिस्चार्ज भएपछि बृला बखत डक्टरसँगको फ्लोअपमा जानुपर्ने पत्नी आचार्यको भनाई छ । उहाँको स्वास्थ्यमा सोचेभन्दा उल्लेखिय सुधार आएको वडाध्यक्ष वरालले बताउनुभयो ।

नगरप्रमुख ज्यू हामीसँग राम्ररी बोल्नुभयो–वडाध्यक्ष वरालले भन्नुभयो–उहाँमा हल्का खोकी र छाती तथा फोक्सोमा संक्रमण भएकाले डक्टरले धेरै नबोल्न सुल्झाएका छन् ।

उहाँको डक्टर शेखर चक्रवर्ती नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको छ । नगरप्रमुख आचार्यका मित्र व्यसायी प्रमोदकुमार मित्तलले अस्पतालमा निक्कै साथ सहयोग गरिरहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here