सात लाख मुल्य बराबरको अबैध समान बरामद

0
905

झापा।

झापाको मेचीनगर नगरपालिका–७ बाट ठुलो परिणाममा अबैध समान बरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलि ल्याउँदै गरेको कुर्थी, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटर पार्टस गरी करिव सात लाख एक्काईस हजार सात सय रुपैंया बराबरको सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here