भरुवा बन्दुक सहित एक ब्यक्ति पक्राउ

0
588

खोटाङ ।

खोटाङको खोटेहाङ गाउँपालिका–६ बाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।

आफ्नै घरमा रहेको भरुवा बन्दुक देखाई मानिसहरुलाई आतंकित बनाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सिम्पानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० बर्षीय भुपाल मोक्तानलाई एक थान भरुवा बन्दुक सहित घरबाट नै पक्रउ गरेको हो ।

पक्राउ परेका मोक्तानको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here