दाङमा मकै उत्पादनमा वृद्धि

0
804

तुलसीपुर, 

दाङ जिल्लामा यस वर्ष मकैको उत्पादन बढेको छ । मकै खेतीका लागि समयमै पानी पर्नाका साथै मल बीउ प्रर्याप्त भएकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको हो ।

कोरोना रोकथाम तथा न्यूनिकरणका लागि गरिएको लकडाउनले गर्दा सबै कृषक घरमै भएकाले पनि उत्पादनमा बृद्धि भएको केन्द्रका कृषि अर्थविज्ञ उमेश चन्द्र श्रेष्ठले बताउनुभयो । “यस वर्ष लकडाउन पनि भयो, सबै किसान घरमै भए, बाहिर कमाउन गएकाहरू पनि घर फर्केकाले र जग्गा पनि बाँझो रहने अबस्था नभएकाले मकै उत्पादनमा बृद्धि भएको हो ।”

यस वर्ष कूल २३ हजार ४४८ हेक्टर जमिनमा मकै खेती गरिएकामा ३५ हजार ६५६ मेट्रिकटन मकै उत्पादन भएको छ । गतवर्ष ३५ हजार ४१० मेट्रिकटन मकै उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष २४६ मेट्रिकटन बढी मकै उत्पादन भएको अर्थविज्ञ श्रेष्ठले बताउनुभयो ।

मकैको उत्पादन बढेकाले किसानहरू पनि खुशी भएका छन् । गढवा गाउँपालिका¬ ७ मोतिपुरका चोकनाथ चौधरीले गत वर्षकोभन्दा यसवर्ष मकैबाली राम्रो भएको बताउनुभयो । चौधरीले एक बिघा जमिनमा मकै खेती गर्नुभएको थियो ।

गत वैशाख महिनामा बसन्ते मकै र त्यसअघि वर्षे मकैको उत्पादन वृद्धि भएको उहाँको भनाइ थियो । सोही ठाउँका रामबहादुर चौधरीको पनि यसवर्ष मकै उत्पादन बढेको छ । उहाँको वैशाखमा बसन्ते मकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल उत्पादन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here