सुनसरीमा पटका सहित तीन जना पक्राउ

0
851

बिराटनगर।

सुनसरीको ईटहरी उप–महानगरपालिका–८ मा रहेको एक किराना पसलबाट ठूलो परिणामको पटका सहित ३ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेहरुमा इटहरी उप–महानगरपालिका–११ का २५ बर्षीय प्यारचन्द चौधरी, २३ बर्षीय गणेश चौधरी र किराना पसल संचालक ताहिर मिया रहेका छन् ।

मियाको किराना पसलबाट प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु भण्डारण, ओसार–पसार तथा बिक्रिवितरण भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा आज दिउँसो ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३३ बण्डल बिभिन्न किसिमका पटका बरामद गरेको हो ।

पटका सहित पक्राउ परेका मानिसहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखी कानुनी कारवाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी झापाको अर्जुनधारा र नकलबन्दा ेएरियाबाट ६ लाख ५० हजार बराबरको पटका बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो उक्त मुल्य बराबरको पटका बरामद गरेको हो । बरामद भएको पटकाहरु आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here