सुरक्षित आप्रवासनसम्बन्धी अन्तरक्रिया

0
602

सुरुङ्गा ।

सुरक्षित आप्रवासनको सुनिश्चितता र प्रवासीहरुको दीगो स्थानीय पुनःस्थापन प्रबर्द्धन सम्बन्धी एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कारितास नेपालको आयोजना, कनकाई नगरपालिकाको समन्वय र कारितास जापानको सहयोगमा भएको उक्त कार्यक्रममा शिक्षक, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र सामाजिक कार्यकर्ताको सहभागिता रहेको थियो ।

कनकाई नगरका वार्ड नं. ३, ४ र ८ मा दुई वर्षका लागि कारितास नेपालले आप्रवासी सम्बन्धी परियोजना लागू गरेको छ । छलफल कार्यक्रमको अध्यक्षता गरेका कारितास नेपालका परियोजना अधिकृत हिमालयन अधिकारीले नेपाल र विशेष गरी कनकाई नगरपालिकाको वैदेशिक रोजगारको अवस्था र सुरक्षित वैदेशिक रोजगारका लागि ध्यान दिनुपर्ने कुराहरुका बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेलले बेरोजगार युवाहरुलाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गराउने कार्यक्रम नगरपालिकाले शुरु गरिसकेको र सोही प्रकारको कार्यक्रम कारितास नेपालले कनकाई नगरमा शुरु गरेकोमा नगरको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा वार्ड नं. ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरिया, वार्ड नं. ४ का अध्यक्ष गोविन्दप्रसाद पौडेल, वार्ड नं. ८ का अध्यक्ष प्रेमबहादुर कटुवाल लगायतले परियोजना सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा सुरक्षित वैदेशिक रोजगार, तिनका समस्या र समाधान सम्बन्धी छलफल भएको थियो । प्रश्नोत्तर सत्रमा कनकाई नगरपालिका वार्ड नं. ४ का परिषद् सदस्य रोशन सुबेदी, बुद्धिजीवी दुर्गाप्रसाद चापागाईं लगायतले जिज्ञासा राखेका थिए ।

सीप नसिकी, असुरक्षित तवरबाट वैदेशिक रोजगारमा जाने क्रम रोक्न सबै पक्ष सजग हुनुपर्ने सबै वक्ताको साझा मत रहेको परियोजना सामाजिक परिचालक होमप्रसाद भट्टराईले जानकारी दिए । छलफल कार्यक्रम परियोजनाका कनकाई नगरका वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here