नेता खनालद्वारा महराकी धर्मपत्नीको निधनप्रति दुःख व्यक्त

0
1404

काठमाडौँ,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सङ्घीय संसद्का पूर्वसभामुख एवं प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीताको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री खनालले आज विज्ञप्ति जारी गर्दै दिवङ्गत महराप्रति श्रद्धाञ्जलिका साथ शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । सीताको आज थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here