पितृको स्मृतिमा वृद्धवृद्धालाई नेपाल परिवारको सहयोग

0
631

तुलसीप्रसाद निरौला , बिर्तामोड  ।

आफ्ना पितृहरुको स्मृतिमा विर्तामोड –२ चारपानेका नेपाल परिवारले शिवसताक्षी –१० माइधारस्थित लक्ष्मीनारायण मन्दिर जगद्गुरु योगीराज कमलनयनाचार्य आश्रममा रहेका वृद्धवृद्धालाई न्यानो कपडा, सिरक, खाद्यान्न,फलफूल बितरण गरेका छन् ।

चारपानेका पिताम्वर नेपाल , उनकी श्रीमती संगीता, भाइ देवेन्द्र, समिक्षा ,पवनकला र छोरा बिप्लव नेपाललगायतले वृद्धवृद्धालाई उक्त सामग्री वितरण गरेका हुन् ।

वृद्धवृद्धा भनेका ज्युँदा देवता हुन् ,उनीहरुलाई घृणा होइन माया ,सम्मान गर्नुपर्छ भन्ने उद्धेश्यले आफ्ना पितृहरुको स्मृतिमा वृद्धवृद्धालाई उक्त सामग्री वितरण गरेको पिताम्वर नेपालले बताए ।

जाडो शुरु भएसंगै न्यानो कपडाको अभावमा कष्टकर जीवनयापन गर्दै आएका उनीहरुलाई आफूहरुले वितरण गरेको सामग्रीले थोरै भएपनि राहत मिल्ने नेपालले बताए । सामग्री वितरण गर्न आएका नेपाल परिवारलाई वृद्धवृद्धाले खुशी हुँदै आशिर्वाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here