झापा।

झापाको भद्रपुर नगरपालिका–५ स्थित सिमा एरियाबाट करिव तीन लाख बराबरको अतिसबाजी(पटका) बरामद गरिएको छ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको विभिन्न प्रकारका पटकाहरु बरामद गरेको हो ।
भारतिय बजारबाट पटका खरिद गरी सिमा एरियामा लुकाई छिपाई राखीएको भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले भद्रपुर –५ बाट लुकाई छिपाइ राखिएको तीन लाख बराबरको पटकाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।































