काँकरभिट्टामा सचेतनामुलक र्याली

0
1251

काँकरभिट्टा ।

लकडाउन खुकुलो भएसँगै मानिसहरुको भीडभाड र आवगमन बढेंपछि नोवल कोरोना भाइरस कोभिड १९ सम्बन्धि सचेतनामुलक र्याली मेचीनगरमा सम्पन्न गरिएको छ । कोभिड १९ संक्रमण फैलिने भन्दैं विहीबार नगरको प्रमुख व्यपारिक केन्द्रविन्दु काँकरभिट्टामा सचेतनामुलक र्याली सम्पन्न गरिएको छ ।

‘हर प्रहर, गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी ’ भन्ने मुख्यः नारासहित समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नगरका विभिन्न २२ वटा संघ संस्थाको सहकार्यमा नोवल कोरोना भाइरस कोभिड १९को रोकथामको लागि सचेतनामुलक कार्यक्रम आयोजना गरेको हो ।

बसपार्कबाट शुरु भएको सचेतनामुलक र्यालीले गुरासपथ, बाहुनडाँगी रोड, पुर्व प्रगति टोललगायतको परिक्रमा गरी सर्वसाधारणमा नोवल कोरोना भाइरस कोभिड १९ संक्रमण फैलिन नदिन तथा यसको संक्रमणबाट बच्न गर्नुपर्ने पूर्व तयारीका बारेमा जानकारी दिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

लकडाउन खुकुलो भएसँगै तथा चाडपर्व नजिकिाएसँगै मानिसहरुको भीडभाड र आवगमन बढने अवस्था एकतिर देखिएको र अर्कातर्फ कोभिड १९ को संक्रमितहरुको संख्या दैनिक बढेको र यसको संक्रमणबाट दैनिक नगरमा मानिसको मृत्यु हुन थालेपछि समाजमा कोभिड १९ ले पुर्याउने क्षतिलाई न्यूनिकरण गर्नुपर्छ यसलाई लापरवाही गर्नुहुदैंन हरेकले दैनिक कार्य पनि गर्नुपर्छ तर सजक पनि हुनुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक पोखरेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here