काँग्रेसका थप ६ केन्द्रीय सदस्यमा कोरोना पुष्टि

0
752

काठमाडौं ।

नेपाली कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार केन्द्रीय सदस्य, पार्टी कार्यालयका कर्मचारीलगायत ८२ जनाको पीसीआर परीक्षण गरिएकोमा ६ जना केन्द्रीय सदस्यमा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा सुरेन्द्र पाण्डे, श्याम घिमिरे, किरण यादव, सुजाता परियार, नसिर सिद्धिकी र कृष्ण किसोर घिमिरेमा संक्रमण देखिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

६ जना केन्द्रीय सदस्यसँगै एकजना नेताका पीएसओ र एकजना चालकको पनि रिपोर्ट पोजिटिभ आएको जनाइएको छ । यसअघि पनि कांग्रेसका केही केन्द्रीय सदस्यलाई कोरोना देखिएको थियो।

शुक्रबारदेखि शुरू हुने भनिएको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुनेहरूको पीसीआर परीक्षण गरिएको थियो।

तर केन्द्रीय कार्यसमिति बैठक २४ गतेलाई सारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here