बिर्तामोडबाटै जावा मोटरसाइकलको बिक्री शुरु

0
959

तुलसीप्रसाद निरौला , बिर्तामोड  ।

झापाका जावा मोटरसाइकलप्रेमीहरूले अव झापाको बिर्तामोडबाटै जावा मोटरसाइकल कुदाउन पाउने भएका छन् ।

बिर्तामोडको भद्रपुर रोडमा रहेको साइअटो मोवाइल्स प्लाजा प्रालिले जावा मोटरसाइकलको विक्री शुरु गरेसंगै जावा मोटरसाइकलप्रेमीहरूले अव विर्तामोडबाटै जावा मोटरसाइकल कुदाउन पाउने भएका हुन् ।

नेपालमा आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइंक प्रालिले नेपालमा क्लासिक लिजेण्ड्स कम्पनिले नेपालमा जावा मोटरसाइकल भित्र्याएको हो ।

बिर्तामोडको भद्रपुर रोडमा रहेको साइअटो मोवाइल्स प्लाजा प्रालिले विर्तामोडमा  जावा मोटरसाइकलको डिलर स्थापना गरेर जावा मोटरसाइकलको विक्री शुरु गरेको साइअटो मोवाइल्स प्लाजा प्रालिका सञ्चालक ओमप्रकाश श्रेष्ठले जानकारी दिए ।

गत कात्तिक १७ गतेदेखि जावा मोटरसाइकलको विक्री र वुकिङ शुरु गरेको बताउँदै उनले हालसम्म बिर्तामोडका माधवकुमार झाले जावा मोटरसाइकल खरिद गरेको र काँकरभिट्टाकी सन्ध्या मास्केले जावा मोटरसाइकल वुकिङ गरेको जानकारी दिए ।

जावा मोटरसाइकल खरिद गर्ने बिर्तामोडका माधवकुमार झालाई साइअटो मोवाइल्स प्लाजा प्रालिका सञ्चालक ओमप्रकाश  श्रेष्ठले जावा मोटरसाइकलको चावी हस्तान्तरण गरेका थिए ।

साइअटो मोवाइल्स प्लाजा प्रालिले जावा–फोर्टीटु सिंगल च्यानल एबीएस , जावा–फोर्टीटु डुअल च्यानल एबीएस र जावा क्लासिक सिंगल च्यानल एबीएस मोटरसाइकलको विक्री र वुकिङ शुरु गरिएको उनले जानकारी दिए ।

जावा–फोर्टीटु सिंगल च्यानल एबीएसको मूल्य ६ लाख २० हजार रुपैयाँ , जावा–फोर्टीटु डुअल च्यानल एबीएसको मूल्य ६ लाख ४८ हजार रुपैयाँ , जावा क्लासिक सिंगल च्यानल एबीएस मोटरसाइकलको मूल्य ६ लाख ४८ हजार पाँच सय रुपैयाँ रहेको उनले वताए ।

नेपालमा जावा क्लासिक सिंगल च्यानल एबीएस ब्ल्याक, म्रुन र ग्रे मा र जावा फोर्टी टु ल्युमस लाइम, ह्पालिज् टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुला ब्लुमा उपलब्ध हुने उनले वताए ।

जावा फोर्टी टु नयाँ जावा इन्जिन २९३ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर , डीओएचसी इन्जिनसहित सर्वोत्तम इटालियन इन्जिनियरिङसँगको सहकार्यबाट निर्मित यसमा २७ बीएचपी र २८ एनएम टर्कका साथ एफआई टेक्नोलोजी इञ्जिन र बीएसभीसिक्स इञ्जिनको सुविधा , डवल साइलेन्सरको सुविधायुक्त रहेको छ ।

जावा मोटरसाइकल दैनिक सवारी प्रयोगका साथसाथै लामोदुरीको यात्रामा भरपर्दो रहेको वताइएको छ । यसको स्पेयर्स पार्टस् सहजै उपलव्ध हुने र त्यो साइअटो मोवाइल्स प्लाजा प्रालिमै ग्राहकलाई उपलव्ध गराइने स्पेयर्स पार्टस् म्यानेजर आयुस श्रेष्ठले जानकारी दिए ।

साइअटो मोवाइल्स प्लाजा प्रालिले जावा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई तीन लाख रुपैयाँसम्मको फाइनान्सको सुविधा प्रदान गरिने सञ्चालक ओमप्रकाश श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here