सुकुम्वासीलाई घर हस्तान्तरण

0
716

मोरङ,

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मोरङको ग्रामथान गाउँपालिका–७ मा एकीकृत नमूना बस्ती ‘जनता आवास कार्यक्रम’ अन्तर्गत शुक्रबार ३४ वटा तीन कोठे घर सुकुम्वासी परिवारलाई हस्तान्तरण गर्नुभयो ।

 

 

ग्रामथान गाउँपालिका–७ नयाँबस्तीका ३४ सुकुम्वासीलाई जस्तापाता लगाएको शौचालयसहित तीन कोठे नयाँ पक्की घर हस्तान्तरण गरिएको हो ।

सुनसरी मोरङ सिँचाइ आयोजनाअन्तर्गत नहरको डिलमा बसेका सुकुम्वासीको घर आयोजनाले भत्काएपछि घरवारविहीन भएका उनीहरुलाई घर हस्तान्तरण गरिएको हो ।

सांसद अमनलाल मोदीको निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास कार्यक्रम तराई मधेश समृद्धि कार्यक्रम र ग्रामथान गाउँपालिकाको रु तीन करोड चार लाख ४१ हजारको लागतमा घर निर्माण गरिएको हो ।

दुई वटा घर निर्माणधीन अवस्थामा रहेकाले पछि हस्तान्तरण गरिने सोही अवसरमा बताइयो ।

मुख्यमन्त्री राईले घर हस्तान्तरण गर्दै आवासविहीन सुकुम्वासीलाई सरकारले सुरक्षित बसोबासका लागि घर निर्माण गर्ने बताउनुभयो ।

उहाँले भूमिहीन किसानलाई जग्गा दिन भूमि आयोगले काम शुरु गरिसकेको छ भन्नुभयो । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकार जनताको जीवनस्तर अगाडि बढाउन शिक्षा, स्वास्थ्यमा उनीहरुको पहुँच पु¥याएर स्वरोजगार बनाउन कटिबद्ध रहेको छ भन्नुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुकुम्वासी, आदिवासी र सीमान्तकृत जनताको जीवनस्तर उकास्न सीपमूलक रोजगार कार्यक्रम ल्याइएको बताउनुभयो । सांसद अमनलाल मोदीले तीन तहको सरकारले निर्माण गरेको नमूना बस्तीमा उचित रेखदेख गरी बसोबास गर्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here