सुजना खतिवडा
साम्राज्य लुट तर सृष्टि त लुटीदैन
अस्तीत्व लुट तर आत्मा त भुटीदैन
देउ असंख्य पीर यो शरिरै दुखाई
छुँदैन सत्य विच त्यो जिवको दुखाई
खाउ रमाउ बरू खुसी सबै म दिन्छु
आत्मा नखाउ तिमीले म त बिन्ती गर्छु
अन्यायमा न्याय म बोली दिने
फाँसी बिच पनि त यै,म त खोली दिने
खान नदेउ बरू पानी म खाइ दिन्न
आगै लगाउ जिवमा तर सत्य जान्न
चट्टानमा बरू पछार सम्हालिने छु
घाँटी निमोठ बरू प्राण म त्यागी दिन्छु
खाँदीन सत्य बरू मार मलाई खाऊ
जति रूवाउनु छ सदा तिमीले रूवाउ
सारा दुखादी कुकर्म महिमा गराउ
यो देह लेउ तर सत्य बचाइ देउ
रेटीन्न रेट जति जीव समाइ तिम्ले
पाइन्न सत्य सरहै अरू धर्म कैले
अन्योलमा जति पीसे पनि पिसीदैन
आवाज बन्द बरू हुन्छ अटल हुदैन
आत्मा सबै लुटीदिए पनि सत्य जान्न
आशा अटल हुन्छ त कै गरि लुटीदैन
लुट्नु त तिम्ले अटलै थियो नि
निरीह आत्मा लुटी क्या मिलो नी ।