कोरोनाबाट बचौं

0
785

कोरोनाले लाने भो सवैलाई
सीमा छैन छोड्ने कसैलाई ।
कोरोना संक्रमणले विश्वभर छायो
उपचारै नलाग्ने कस्तो रोग आयो ।।

केही वुझ्न नसकिने कोरोनाको जाल
मानिसले ठोकेर नखाइ पाउँदैन चाल ।
दवाई पनि छैन भन्छन् बच्ने कसो गरी
मानिसलाई शक्तिमिलोस् श्रीराम हरि ।।

चाइनाबाट शुरु भयो कस्तो यो विमार
संसारभरि बढ्दै गयो सात समुद्र पारी ।
कति मानिस मरिसके धेरै बिरामी छन्
सतर्कता अपनाएर घरमै बस्नु भन्छन् ।।

मेरो एउटा अनुरोध छ, दिदीदाजुभाइलाई
स्वास्थ्यकवच पालना गराऔं आफ्नो परिवारलाई ।
दाजुभाइ, दिदीबहिनी मेरो कुरा सुन
सरकारको आदेशलाई भित्रीमनले गुन ।।

बेला आयो सवैले नै मुख्य बुझ्ने कुरा
सही आदेश पालन गरे इच्छा हुन्छ पूरा ।
सरकारले स्वास्थ्य–नियम पालना गर्नु भन्छ
लाउँ–लाउँ, खाउँ–खाउँ भन्दाभन्दै मर्न कसको मन छ ।।

लापरवाही गर्यौं भने कोरोनाले छुन्छ
क्वारेन्टाइन पालना गरे सवलाई राम्रो हुन्छ ।
जन्मेपछि मर्नुपर्छ सवैलाई नै थाह छ
संसारभरि यो बिरामले साह्रै गाह्रो भा छ ।।

आफ्नो भन्नु केही छैन प्रभुजिको भर
खाली आयौं, खाली जान्छौं लानु के पो छ र ।
संक्रमणलाई निर्मुल पार्न दबाई केही छ के
विश्वभरि दश लाखमाथि मानिस मरिसके ।।

अव आउने भविष्यलाई मनन् गरी सोचौं
सवैलाई राम्रो हुने बाटो पनि रोजौ ।
कमी हुने उपाय लौ केही देखिँदै
दिनदिनै बढेकेो छ रोक्ने केही छैन ।।

नहुन नै अरु के छ ढुंगाभन्दा साह्रो
व्यवसाय गर्ने सवैलाई भयो अति गाह्रो ।
कस्तो रोग फैलिएको बुझ्नै नसकिने
विश्वयुद्धभन्दा ठूलो भेटे ज्यानलिने ।।

सवैलाई राम्रो हुने वातावरण बनाऔं
परिवारमा गौरवताको खुशियाली मनाऔ ।ं
कोभिड–१९ भनी कस्तो रह्यो नाउँ
सवैतिर ढाकिसक्यो नगर, वस्ती, गाउँ ।।

जोगिएर घरमै बसौं कोरोनाले छोला
थाह छैन यो विमारको अन्त्य कहिले होला ।
कति मानिस रुँदै बस्छन् परिवारको शोकले
दिनदिनै कति मर्छन् यो पापिष्ट रोगले ।।

संसारभरि यो रोगको दवाई छैन भन्छन्
यस्तै हुँदै गयो भने कति मानिस रहन्छन् ।
आजभोलि भन्दाभन्दै वर्षदिन वित्यो
कमी हुने देखिँदैन कोरोनाले जित्यो ।।

आयु लामो छैन होला कोरोनाको अब
पक्कै दवाई बन्छ होला पूरा होला तव ।

 


मोहनबहादुर कार्की
बिर्तामोड–२, चारपाने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here