करेन्ट लागेर दुई जनाको मृत्यु

0
691

मोरङ।

मोरङका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

उर्लावारी–९ मा रहेको मावा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ बर्षीय बिनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका परियारलाई उपचारको लागी अरनिको अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

यसैगरी मोरङकै पथरीशनिश्चरे–८ शुक्रवारेमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर सुनसरी रामधूनी – ८ का ४५ सबुरलाल चौधरीको मृत्यु भएको छ ।

पथरीशनिश्चरे–८ का राजनारायण चौधरीको घरमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी मोरङ अस्पताल पथरी पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here