लागूऔषध ब्राउनसगुर सहित एक जना पक्राउ

0
926

झापा ।

झापाको मेचीनगर नगरपालिका–६ काली मन्दिर छेउबाट लागूऔषध ब्राउनसगुर सहित एक जना पक्राउ परेका छन् ।

सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले आज बिहान ६ बजे मेचीनगर–१४ का ३० बर्षीय कुमार बिक लाई तीन ग्राम लागूऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका बिकको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here