प्रतिपक्षी भूमिकामा फितलो कांग्रेस

0
1010

लोकतान्त्रिक व्यवस्थामा सत्तापक्षको मात्र भूमिका हुँदैन, प्रतिक्षित वा छायाँ सरकारको रुपमा प्रमुख प्रतिपक्षको उत्तिकै महत्व हुन्छ । सत्तापक्षले वा सरकारले संविधान, कानून र ऐनले निर्दिष्ट गरेका मान्यतालाई त्यागेर आफ्नो कर्तव्य छोडेर बाटो बिराएमा खबरदारी गर्ने र सही बाटोमा डो¥याउने काम प्रतिपक्षकै हो । त्यसैले सत्तापक्षलाई सही गोरेटोमा डो¥याउने जिम्मेवारी र भूमिका प्रतिपक्षको महत्वपूर्ण कार्य हो भनी परिभाषित गरिएको छ । तर, प्रतिपक्ष आफ्नो जिम्मेवारीप्रति उदासीन देखिन्छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आफ्नो भूमिकाबाट विमुख हुँदै गएको छ । प्रतिपक्ष राष्ट्र र जनताका लागि भन्दा पनि गलत मनसाय वा दलगत स्वार्थबाट अभिपे्ररित भएर जिम्मेवारी प्रतिपक्षको भूमिकाभन्दा पनि संवैधानिक आयोगमा सदस्य नियुक्ति, राजदूत नियुक्ति लगायतका अन्य सानो सानो भागबन्डामा रुमलिएको छ । सरकारको काममा नेका प्रतिपक्षभन्दा पनि सहकर्मीका रूपमा सक्रिय छ भन्दा अत्युक्ति हुँदैन ।

प्रतिपक्षले सरकारलाई कानूनसम्मत कामका लागि अभिप्रेरित गर्ने हो, नत्र खबरदारी गर्ने हो । तर, प्रतिपक्षको भूमिका लामो समयसम्म ओझेलमा पर्दै जानुले लोकतान्त्रिक मूल्य र मान्यताको नै उपहास हुँदै गएको छ । वास्तवमा सार्थक भूमिकाका लागि कांग्रेससँग प्रष्ट योजना र स्पष्ट खाका नहुनु दुःखद् पक्ष हो । लोकप्रिय मतमा पूर्व एमालेको हाराहारीमा रहेको नेकाले न जनतालाई वास्तविक गतिविधि मार्फत सहयोग नै गर्न सकेको छ, न जनपरिचालन मार्फत आफ्ना नीति तथा कार्यक्रम तल्लो तहसम्म नै पु¥याउन सकेको छ । गैरजिम्मेवार र दायित्वविहीन प्रतिपक्ष नेकाको आशा भनेको कम्युनिष्टहरु गल्ती वा कमजोरी गर्छन् र केही गरौंला भन्ने रहेको देखिन्छ । असल पार्टीले अरुका नराम्रा कुराबाट आफ्नो जनमत निर्माण गर्ने होइन, आफ्ना असल कार्यक्रम र व्यावहारिक कार्यदिशा सुस्पष्टताका साथ जनसमक्ष राखेर जनताको मत र मन दुवै जित्नुपर्छ । जनता प्रतिपक्ष नै नभएको अनुभूति गरिरहेका छन् । उनीहरु सक्रिय र सार्थक प्रतिपक्षको खोजीमा पनि छन् ।

विगतमा जहिले पनि सरकारको पर्याय बनेको नेकामा नीति, सिद्धान्त, विचारमा आइरहेको विचलन र गलत बुझाइले ह्रासोन्मुख हुँदै गएको स्पष्ट छ । नेकपाको दलीय आन्तरिक घर झगडामा रमाउनेभन्दा पनि कांग्रेसले आफूलाई सच्याउँदा राम्रो हुन्छ । यतिबेला नेका न सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँछ, न नागरिक संवादमा प्रतिपक्षले दोहोरो संवाद गर्नुपर्ने गहन र महत्वपूर्ण दायित्व सम्झन्छ । कांग्रेसलाई आफू अंकगणितमा पछि परेको लघुताभाषले सताउँदो हो, तर सूचना प्रविधिको उच्च विकास भएको आजको युगमा परिमाणात्मक मात्र होइन, गुणात्मक भूमिकाको पनि मूल्यांकन जनताबाट हुन्छ भन्ने सच्चाइलाई कांग्रेसले बुझ्दैन । दूरगामी उद्देश्यसहितका योजनालाई संसद्मा बहसमा लैजाने र मुलुक र मुलुकबासीलाई केन्द्रमा राखेर प्रतिपक्षले आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । कठिन परिस्थितिमा पनि प्रजातन्त्रका लागि सतिसाल झैं उभिएको नेकांको हैसियत र प्रस्तुति प्रकारान्तरमा संकुचित, निरर्थक र निष्क्रिय प्रायः किन बन्दैछ भनेर कांग्रेसीजनले विहंगम समीक्षा गर्नुपर्ने अवस्था आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here