पत्रकारिता: सम्भावना र चुनौति

२५ कार्तिक २०७७, मंगलवार मा प्रकाशित

कुनै पनि सत्यतथ्य सूचनालाई सम्पादन गर्नु छापा माध्यम तथा विद्युतीय माध्यममा प्रशारण तथा प्रकाशन गर्नुलाई पत्रकारिता भनिन्छ । आजको यो समयमा पत्रकारिता गर्नु धेरै आवश्यक छ । समाज परिवर्तन र रुपान्तरणको लागि पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यो पेशा समाज परिवर्तन गर्ने पेशा हो  । सूचना पाउनु सबैको अधिकार हो । कुनै पनि सूचनाबाट वञ्चित हुन नपाउन । सूचनाको सही उपयोग गरेर अरुलाई सूचना प्रदान गर्न सकिन्छ । त्यसकारण असल पत्रकारिता गर्नेको खाँचो परेको अनुभव गर्न सकिन्छ ।

पत्रकारिताले समाजलाई सही दिशामा लैजान मद्दत पु¥याउँछ । समाजमा भएको बढ्दो विकृति विसंगती बेथितिलाई हटाउन सक्नुपर्छ । देशमा भ्रष्टाचारले जडो गाडेको छ । यस्ता विकृति फैलिएको छ । पत्रकारिताको माध्यमबाट खबरदारी गर्ने हो । आजको पत्रकारिता बुलन्द हुन सक्नुपर्छ । हिजो समय र आजको समय फरक भइसकेको छ । हिजो सिमित कुराहरुले पुग्थ्यो भने आज असिमित आवश्यकताहरु बढेको छ । समय जति बित्दै गयो उत्तिनै मान्छेका धारणाहरु परिवर्तनको भएको छ । समाजमा अझैसम्म अन्धविश्वास कुप्रथाहरु ती कुराहरु हटाउँदै लानुपर्छ । आर्थिक विकास र समृद्धिको लागि यो अभिन्न अङ्ग हो । यो क्षेत्रमा समाजलाई सकारात्मक बनाउन सक्छु र केही कुरा दिन सक्छु भन्ने भाव भएकाहरुले यो क्षेत्रमा सफल भएको देखिन्छ ।

यो क्षेत्रमा आउनलाई निःस्वार्थ भाव भएर आउन सक्नुपर्छ । सही सकारात्मक सूचनाले समाज परिवर्तन गर्न सक्छ । तसर्थ, यो पेशा मर्यादित र अनुशासित हुनुपर्छ । सबै जाति समुदाय वर्गमा सूचनाको पहुँच पुग्न जरुरी छ । पत्रकारितालाई आवाजविहीनको आवाज पनि भन्ने गरिन्छ । देशको आर्थिक विकास र उन्नतिमा यसले महत्वपूर्ण भूमिका खेल्दछ । यसमा लागेपछि निःस्वार्थ भएर लाग्नुप¥यो । यस्तो मर्यादित पेशामा लागेर पनि आचारसंहिताको उल्लंघन गरेको देखिन्छ  । चर्चा कमाउन विभिन्न आपराधिक बन्न पुगेका छन् । यो पेशा आफ्नो लागि गरिने समाजको लागि गरिने हो  । त्यसकारण पत्रकारिता समाज परिवर्तन गर्ने पेशा हो भन्ने गरिन्छ ।

कोरोना भाइरस आएपछि नेपाली पत्रकारितालाई पनि असर गरेको छ । यसमा पनि संकट नआउला भन्न सकिन्न । कति त छापाबाट प्रकाशित हुने पत्र–पत्रिका बन्द हुने अवस्था छन् भने कति बन्द समेत भइसकेको छ । लामो समयसम्म लकडाउन भएको कारणले कच्चापदार्थ नपाउनु अथवा महगो हुने गरेको छ । कोरोना कहरको कारणले समाचार संकलन गर्न गाह्रो हुने गरेको छ । घर–परिवारबाट दबाब आउने पत्रकारिता गर्दा पैसा कमाउन सकिँदैन । एक्लो छोरा कोरोना भाइरस लागि हाल्यो हामी के गर्ने भन्छन् । पत्रकारितामा गर्नलाई निराश बनाइन्छ । कोरोना भाइरसको कारणले यो पेसा छोडेर व्यापार व्यवसायतिर लागेको पनि छन् । पत्रकारलाई पनि कोरोनाको संक्रमण भएपछि अझ यो पेशामा चुनौति थपिएको छ ।
दिनानुदिन कोरोना संक्रमण बढ्न थालेपछि उत्तिकै जोखिम पनि बढेको देख्न सकिन्छ । चुनौति पनि बढेको छ र सम्भावना पनि बढेको छ पत्रकारिता गर्नेलाई । म सानोदेखि नै पत्रपत्रिका पढ्ने, पुस्तक पढ्ने गर्थे । मलाई पनि पत्रकारिताको नशा चढेको छ । पत्रकार नै नभए पनि लेखकसम्म हुन्छु जस्तो लाग्छ । सूचनाबाट मानिसलाई सूचित गराउने पनि पत्रकारिता नै त हो । अहिले प्रविधिको विकाससँगै अनलाइन पत्रिका सूचना सम्प्रेषण गर्न सजिलो बनाएको छ । डिजिटल मिडियाको विकास तीव्ररूपमा हुँदैछ ।

पहिला–पहिला छापाको माध्यमबाट प्रकाशित हुन्थ्यो । एकदिनसम्म कुर्नुपथ्र्यो । आजको समाचार अहिले तुरुन्त आउने प्रविधिको विकास भएको छ । समाचार सम्प्रेषण छिटो र आम–मानिसमा पुगि हाल्छ । यो समयको माग पनि हो । यो क्षेत्रमा जोखिम बढी हुने गर्छ, यद्यपि यो यो कलाको क्षेत्र पनि हो । हतारमा लेखिने भएकोले हतारको साहित्य पनि भनिन्छ । श्रमजीवी पत्रकारलाई पनि उचित पारिश्रमिक छैन । पत्रकार हुन्छु लक्ष्य राखेपछि जीवन नै समर्पण गर्नुप¥यो  । भविष्यमा सफल पत्रकार बन्न सकिन्छ । खोज अनुसन्धान निरन्तर अभ्यासको जरुरी हुनुपर्छ । यता चुनौति बढे पनि सम्भावना पनि छ । म भित्र पनि गर्ने कला छ, खुबी छ । म पनि गर्न सक्छु आँट, हिम्मत हुनुपर्छ । पत्रकारिता आफैंलाई गरिने होइन अरुको काम हो । सेवाको भावना पनि हो । कोरोना भाइरस फैलिएपछि अझ जोखिम बढेको हो । चुनौति थपिएको हो । जोखिम सँगसँगै काम गर्न पनि एक किसिमको मजा छ । कतिपय पत्रकार साथीहरू बताउछन् ।

अहिलेको यो समय महामारीमा दिनरात खटेर आममानिसमा सूचना प्रवाह गरिरहेका छन् । उनीहरुलाई उचित सम्मान दिनुपर्छ । कोरोनाको संक्रमण भएर कतिले ज्यान समेत गुमाएका छन् भने कति त निको समेत भएका छन् । दिनानुदिन जोखिम बढ्दैछ । पत्रकारितामा चुनौति थपेकोथप्पै छ । जहाँ जोखिम छ त्यहाँनेर सम्भावना पनि बढी हुने गर्छ । कोरोना महामारी पछि पत्रकारिता खस्कँदै गइरहेको छ । दुःख भएर समाचार संकलन गर्न हिँड्न डुल्न स्थिति पनि छैन । भयावह स्थिति छ । अत्यधिकरूपमा कोरोना संक्रमण बढ्न थालेपछि रिपोर्टिङ गर्न मन लागेर पनि गरेका छैनन्  । घरमै बस्न थालेका देख्न सकिन्छ । पत्रकारिता गर्नेहरु अझ धेरै सतर्कता अपनाउन जरुरी छ । यो समय पत्रकारिता गर्नेहरुलाई राम्रो अवसर पनि हो । तपाई विचार गर्नु त चुनौति कहाँ छैन । जोखिम कुन क्षेत्रमा छैन । जो चुनौतिपूर्ण अघि बढ्न सक्छ । ऊ नै सफलताको शिखरमा पुग्छ । लक्ष्यसम्म पुग्ने सफलता हासिल गर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here