कोरोनाले रेडक्रसका पूर्व केन्द्रीय सदस्यको मृत्यु

0
796

झापा ।

नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य तथा समाजसेवी रेवतिरमण नेपालको कोरोना संक्रमणका कारण सोमबार राति निधन भएको छ।

हल्दिबारी गाउँपालिका निवासी ७० वर्षीय नेपाललाई १० दिन अघि मेची प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो।

उनलाई सोही दिन उपचारका लागि विराटनगर स्थित नोबेल अस्पताल पुर्‍याइएको थियो। पारिवारिक स्रोतका अनुसार सुरुवाती समय देखि नै नेपाललाई सुख्खा खोकी र स्वासप्रस्वासमा समस्या देखिएको थियो।

अन्य कुनै दीर्घ रोग नभएका नेपालको उपचारका क्रममा नोबेल अस्पतालमै सोमबार राति निधन भएको नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला अध्यक्ष लोकराज ढकालले जानकारी दिए।-अन्नपूर्णपोष्ट डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here