प्रतिवन्धित लागू औषध सहित झापामा चार जना पक्राउ

0
780

 

झापा,

प्रतिवन्धित लागू औषध सहित प्रहरीले गएराति चार जनालाई झापाको बिर्तामोडबाट पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका २ निवासी २५ वर्षीय मोहनकुमार ओली, सोही ठाउँका २४ वर्षीय दयालाल राजवंशी, ३१ वर्षीय संजय कुमार राजवंशी र २० वर्षीय अरुण कुमार राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


बिर्तामोड नगरपालिका २ फूलवारी टोल स्थित ओलीको घरमा लागू औषधको कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको बताइएको छ । प्रहरीले उनीहरुको साथबाट १२ मिलिग्राम भन्दा बढी ब्राउनसुगर बरामद गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here